Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

लिम्वू पत्रकार संघको केन्द्रिय अध्यक्षमा शन्देस सुब्बा निर्वाचित

  •   २ वर्ष अघि | २१ चैत्र २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/लिम्वू पत्रकार संघको तेश्रो संघीय महाधिवेशनले सन्देश सुब्बालाई केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । 

लालीगुराँस नगरपालिका तेह्रथुमका प्रमुख अर्जुनबाबु माबोहाङ्गको प्रमुख आतिथ्यमा शुक्रवार सम्पन्न तेश्रो संघीय महाधिवेशनको बन्दसत्रले उपाध्यक्षमा सचितानन्द लिम्वू, महिला उपाध्यक्ष सुजता लिम्वू र महासचिवमा जीवन लिम्वूलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी सचिवमा ज्ञानु केदेम, सम्पदा लिम्वू र कोषाध्यक्ष दिलकुमार फोम्वोलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष सन्देश सुब्बाले बताए । त्यसैगरी सदस्यहरमा विना लिम्वू, मौसमी लिम्वू, धनवहादुर लिम्वू, सिंहवहालुर लिम्वू लगायतका गरी जम्मा १७ सदस्य संघीय कार्य समिति चयन गरिएको छ । एक्काइस सदस्सीय संघीय कार्य समितिमा १७ सदस्सीय समिति चयन गरिएको र बाकी पछि मनोनयन गर्ने अध्यक्ष सन्देश सुब्बाले बताए ।  नवानिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई लालीगुराँस नगरपािलकाका प्रमुख अर्जुनवावु मावोहाङ्ग, नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका महासचिव हिमा चेम्जोङ्ग, फोनिज १ नम्वर प्रदेशका अध्यक्ष विजयवोध लावती, निवर्तमान अध्यक्ष सन्तवीर लामाले शुभकामना मन्तब्य एवं बधाई ज्ञापन गरेका थिए । त्यसैगरी किराँत याक्थुङ्ग चुम्लुङ्ग तेह्रथुमका अध्यक्ष सेसेहाङ्ग चोङ्गवाङ्ग, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ्ग, सहित्यकार सेसेमी नाल्वो सेरेङ्ग लगायतले नवनािर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई कार्यकाल सफलताको लागि शुभकामना साथै वधाई ज्ञापन गरेका थिए । कार्यक्रम तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वसन्तपुरमा निर्माण गरेको पछिल्लो समयमा पर्यटकको आकर्षक गन्तव्य बन्दै गरेको लिम्वूवानको चोःत्लुङ्गपार्कमा आयोजना गरिएको थियो । 

  • dhankutapress

थप