धनकुटा प्रेस सम्वाददाता
धनकुटा/किराँत राई यायोखाका केन्द्रिय उपाध्यक्ष तिलक प्रसाद राईले १ नम्वर प्रदेशलाई प्रदेशसभा मार्फत किराँत प्रदेश लेखाउन किराँत राई यायोखाले एक्लै आन्दोलन गर्नेे ठोकुवा गरेका छन् ।
उनले किराया केन्द्रिय समितिको आगामी अशोजको दोश्रो हप्तामा विराटनगरमा सम्पन्न हुने १२ औं राष्ट्रिय महाधिवेशन पछि बन्ने नयाँ नेतृत्वले प्रदेश १ मा किराँत प्रदेशको लागि निर्णयक आन्लोलन गर्ने ठोकुवा गरेका हुन् ।
किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाको आठौं जिल्ला अधिवेशनको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै केन्द्रिय उपाध्यक्ष राई यस्तो ठोकुवा गरेका हुन् । उपाध्यक्ष राईले प्रदेश नं.१ लाई किराँत प्रदेश लेखाउन प्रदेशसभा मार्फत जेन्जी आन्दोलनको आडमा बनेको केन्द्रिय सरकार देखि लिएर प्रदेश सरकारसम्म विगतमा पटक÷पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको भन्दै किरायाले निर्णायक आन्दोलन गर्ने उद्धघोष गरेका छन् ।
अहिलेको केन्द्र सरकारले पहिचानको आन्दोलनलाई पाखा लगाइरहेको आरोप लागाउँदै उपाध्यक्ष राईले भने–‘प्रदेश सरकारले पनि किरायाले अघि सारेको किराँत प्रदेशको प्रस्तावलाई अव पनि वेवास्ता गरे लाखौंलाख किराँत राईहरु एक भएर निर्णायक आन्दोलन गर्छौं ।‘ उनले अहिलेसम्म प्रदेश नं.१ मा सवै मुख्य मन्त्री र सवै प्रदेशसभा सदस्यहरुलाई एकै थलोमा राखेर किराँत प्रदेशको प्रस्ताव अघि सारेर ज्ञापन पत्र वुझाएको स्मरण गराए । त्यति मात्र नभएर प्रदेशको नाम कोशी खारेज गर्न गठित संघर्ष समिति मार्फत आन्दोलन गर्दा पहिचानवादी अभियान्ता लाजेहाङ्ग सहिद हुनु परेको विगतको कालो इतिहाँसलाई समेत उपाध्यक्ष राईले सम्झाए । उनले थपे–‘मिलेर आन्दोलन गरेउँ सकेनौ, किराँत राई यायोखाले अब एक्लै लड्छौं आफ्नो भूमिमा किराँत राज्य स्थापना गराएरै छाड्छौं ।‘
किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष उद्धवमणी राईको अध्यक्षतामा सम्पन्न आठौं जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा केन्द्रिय उप–महासचिव अर्जुन जम्नेली राई, सचिव नगेशचन्द्र राई, जिल्ला समन्वय समिति धनकुटाका उपाध्यक्ष सावित्रा राई, किराया प्रदेश नं.१ का संयोजक संजय सन्तोषी राई, धनकुटा बहुमुखी क्याम्पसका सह–प्राध्यापक इच्छापूर्ण राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष नविनकिशोर शाक्य, नेपाल मगर संघका प्रदेश नं.१ का सचिवालय सदस्य इन्द्र लुङ्गेली मगर, नेफिन धनकुटाका पुर्व अध्यक्ष पार्वती राई, नेपाल पत्रकार महासंघ धनकुाटका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
धनकुटा जिल्लामा कुल जन संख्या १ लाख, ७० हजारको हाराहारीमा रहेको छ भने किराँत राई समुदाय कुल जनसंख्याको ३५ प्रतिसतका हाराहारीमा छ । प्रदेश नं.१ मा ०७८ को जनगाणना अनुसार करिव ५ लाखको हाराहारीमा किराँत राई समुदाय रहेका छन् । प्रदेश नं.१ मा किराँत राई समुदायको राजनीतिक भूमिकालाई हेनेृ हो भने अग्रस्थानमा पहुँच रहेको छ । आईतवार अवेरसम्ममा बन्द सत्र सम्पन्न गरेर किराँत राई यायोखा धनकुटाको नयाँ नेतृत्व चयन गर्ने केन्द्रिय उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिएका छन् । 
- dhankutapress