Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

भेडेटारमा खाना महोत्सव शुरु

  •   १ वर्ष अघि | १६ पुस २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

भेडेटार/अग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा तिनदिने खाना महोत्सव सनिवार देखि सुरु भएको छ ।

एक कार्यक्रमका वीच प्र्रदेश नं.१ का माननिय सांसद निरेन रार्ईले महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद राईले प्रदेश नं.१ को मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना ल्याउने बताए ।

विभिन्न कारणले गर्दा राष्ट्रिय अर्थतन्त्र खोक्रो भईरहेको अवस्थामा भेडेटारको पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले हातेमालो गर्ने प्रदेश सांसद राईले वताए । उनले अर्थतन्त्रको मुख्य मेरुदण्ड भनेको पर्यटन भएको वताउँदै सांसद राईले भने–‘पर्यटनमा नीतिगत रुपमा ध्यान दिएर कार्यक्रम वनाएर अघि वढ्ने हो भने १ नम्वर प्रदेश सुखी र धनि बन्छ ।’ आर्थिक मन्दीको कारण ओरालो लागेको पर्यटकीय स्थल भेडेटारको होटल व्यवसाय खाना महोत्सव आयोजनासंगै अघि बढ्ने सांसद राईले दावी गरे ।

कार्यक्रमका विशेष अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले साँगुरीगढी गाउँपालिकालाई पर्यटन मैत्री गाउँपालिका वनाउन गाउँपालिका भरी होमस्टे संचालन गर्नेे जिकरि गरे । उनले भने–‘भेडेटारमा आउने हरेक पर्यटकलाई हामी गरेक वडाको होमस्टेमा पु¥याउने गरि प्याकेज कार्यक्रम गाउँपालिकाले ल्याउने छ ।’ उनले गाउँगाउँमा वडा वडामा होम स्टे खोलेर भेडेटारमा आउने पर्यटकलाई वडा वडामा पु¥याउने गरि नयाँ पर्यटन प्रवद्र्धनको कार्यक्रम यो वर्ष देखि लागु गर्ने वताए ।

 खाना महोत्वस उद्घाटन समारोहमा लिम्वु जातिको ढोल नाच, राई जातिको साकेला, याम्फू जातिको गेलाङ र मगर समुदायले हुर्रा नाच प्रदर्शन गरेका थिए । उनीहरुलाई महोत्सव आयोजक समितिको तर्फबाट सम्मान गरिएको छ । त्यसैगरी साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि समचार लेखेर सहयोग पु¥याउने नेपाल टेलिभिजनका धनकुटा सम्वाददाता इश्वर थापालाई नगद सहित सम्मान गरिएको छ । त्यसैगरी भेडेटारको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै राष्ट्रसेवक सडक डिभिजन धनकुटाका तत्कालिन प्रमुख दान वहादुर शाक्य र तत्कालिन पुनःनिर्माण परियोजना धनकुाटका प्रमुख थिरेन्द्र दाहाललाई पनि सम्मान गरिएको छ । 

त्यसैगरी साँगुरीगढी गाउँपालिकाको भवन वनाउन जग्गा दान गर्ने जग्गा दाता धरान निवासी मीन सुव्वा र पुर्ण वस्नेतलाई पनि सम्मान गरिएको छ । त्यसैगरी कोसेली घर निर्माण गर्न जग्गा दान गर्ने जग्गा दाता समाजसेवी धनकुटाका देव इवाहाङलाई पनि ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी, प्रर्वद्धनमा नेपाल टुरिज्म वोर्ड र सहयोगीमा साँगुरीगढी गाउँपालिका र ६ नं. वडा कार्यालय रहेका छन् । महोत्सवमा दुई दर्जन भन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ती मादेन श्रेष्ठले बताए । 

महोत्सवको लागि बजार क्षेत्रमा आर्कषक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसंगै भिन्नभिन्न टुर प्याकेजहरुमा ५ देखि ३० प्रतिशत सम्म छुट र आन्तरीक र बाह्यि पर्यटकहरुलाई भेडेटारका होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 

महोत्सवमा आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई साँगुरीगढी गाउँपालिका भरिका ऐतिहाँसिक साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका स्थान घुमाउने योजना छ ।

होटल एशोसिएशन भेडेटारका कार्यवाहक अध्यक्ष हान्ती मादेन श्रेष्ठको अध्यक्षतमा सम्पन्न महोत्सव उद्धघाटन सत्रमा जिल्लाको विभिन्न पालिका प्रमुखहरु, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, धरानका अध्यक्ष विजय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक वर्ष भेडटारमा खाना महोत्सव हुने गरे पनि कोभिडको कारण अघिल्लो २ वर्ष भने स्थगित भएको थियो । 

  • Dhankutapress

थप