Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा ‘हली’ चलचित्रको प्रचारप्रसार अभियान तीव्र

  •   ३ महिना अघि | १३ साउन २०८३, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को निर्माण टोली यतिबेला देशव्यापी प्रचारप्रसार अभियानमा सक्रिय रहेको छ । 

असार १५ गतेदेखि सुरु गरिएको प्रचारप्रसार अभियान अन्तर्गत बुधबार निर्माण टोलीले धनकुटास्थित एक हलमा आमदर्शक माँझ ‘हली‘ चलचित्रको प्रचारात्मक कार्यक्रम आयोजना गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन् मन्त्री इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यता एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको हो । 

प्रचारप्रसार कार्यक्रमका क्रममा बोल्दै वरिष्ठ कलाकार सरोज खनालले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रबारे जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै कलाकार सरोज खनालले किसानको जीवन, संघर्ष, बुवा–छोरीबीचको आत्मीय सम्बन्ध तथा छाउपडी प्रथाजस्ता सामाजिक विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘हली’ ले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । यिनै विषयवस्तुलाई लक्षित गर्दै निर्माण टोलीले शैक्षिक संस्थामार्फत विद्यार्थी तथा दर्शकमाझ पुग्ने अभियानलाई समेत तीव्र बनाएको उनले बताए ।जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन । चलचित्रमा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ ।

चलचित्रको विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको आकर्षक प्रस्तुति रहेको छ । उक्त गीतको कोरियोग्राफी कविराज गहतराज ले गरेका छन् भने अन्य गीतमा निर्देशक ओम प्रतीक र कविराज गहतराज को संयुक्त कोरियोग्राफी रहेको छ । व्यवसायीद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्।चलचित्रको छायांकनन राहुल राईले गरेका हुन् भने सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन । चलचित्रमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ । गीतका शब्दमा निर्मात्री जस्मिन श्रेष्ठको सिर्जना रहेको छ भने बाबुल गिरी र चर्चित गायिका शान्तिश्री परियारको स्वरले गीतलाई थप आकर्षक बनाएको निर्माण टोलीले जनाएको छ । चलचित्रको द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन । नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने चलचित्र ‘हली’ को डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ । निर्माण टोलीले आगामी दिनमा देशका विभिन्न शैक्षिक संस्था तथा दर्शकमाझ पुगेर प्रचारप्रसार अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ । चलचित्रका संयोजक सनी लिम्वुको अध्यक्षतामा सम्पन्न प्रचारात्मक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, उधोगी, व्यवसायीहरु, विद्यार्थि, शिक्षक, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।   

  • dhankutapress

थप