Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

‘खरको कलम माटाको कापी‘ किविता संग्रह विमोचन

  •   ४ महिना अघि | १४ असार २०८३, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं.४ देव्रेबास निवासी कवयित्री सावित्री अधिकारीद्धारा लिखित कविता संग्रह ‘खरको कलम माटाको कापी‘ आईतबार एक समारोहको विच विमोचन गरिएकोे छ । 

‘पोथी बास्नु हुँदैन‘ भन्ने कविताबाट चर्चा कमाएका वामपान्थी नेत्री एवं कबयित्री एवं वरिष्ठ साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा सम्पन्न ‘खरको कलम माटाको कापी‘ शिर्षकको कविता संग्रह विमोचन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, शिक्षा समन्वय इकाई प्रमुख इन्दिरा बुढाथोकी, साहित्यिक अभियन्ता तथा धरान उपमहानगरपालिका १३ का वडाध्यक्ष नेत्र काफ्ले, गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाका अध्यक्ष घनश्याम बराल लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । कविता संग्रह विमोचन कार्यक्रममा युवा कवि मुकुन्द प्रयास, साहित्यकारहरु जनार्दन गोठाले, जेपी भुजेल, रोशन परियार, द्वारिका रिजाल, ध्रुर्व एलेक्स, वरिष्ठ कलाकार श्रीकृष्ण जोशी, गजलकार दिपा दिपहरी, निर्मला कुँवर, अग्रज पत्रकार सञ्जयसन्तोषी राई, राजेश्वरबहादुर श्रेष्ठ, राससका पुर्व महाप्रबन्धक सिद्धराज राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतको सहभागीता रहेको थियो । 

विमोचित कविता संग्रहको गर्गाचार्य विश्वभाषा पुस्ताकालय धनकुटाका महासचिव समेत रहेका यूवा कवि मुकुन्द प्रयासले टिप्पणी गरेका थिए भने कबयित्री सावित्रा अधिकारीको व्यक्तिगत जीवनी र कविता संग्रहका वारेमा साहित्यकार एवं गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाका अध्यक्ष घनश्याम बरालले परिचर्चा गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक अभियान्ताहरु, स्थानीय संचारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कविता संग्रहमा कबयित्री अधिकारीले विशेष गरेर गाउँले परिवेशमा आफ्रनो जीवनमा भोगेका बाल्यकालमा यथार्थ कथाको चित्रण गरिनुको साथै राष्ट्रप्रेम र विकृति विसंगती विरुद्ध, धार्मिक देखि लिएर मृत्यु पर्यन्तसम्मका भावानले ओतप्रोत भएका ४ दर्जनको हाराहारीमा कविताहरु लेख्नु भएको छ । कवितामा टाहारी खेत र बेठी, देशको खातिर जुटौं, छोरी समान हुन् बुहारी,कुप्रथा विरुद्ध जुटौं, सहिदको सम्झनामा, स्मृतिमा दिङ्ला र षडानन्द जस्ता कविता लेख्नु भएको छ ।    

  • dhankutapress

थप