Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सामुदायिक वनको काठ उपयोग गर्न नीतिगत समश्या : मन्त्री पराजुली

  •   ५ महिना अघि | १९ जेष्ठ २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/कोशी प्रदेशका बन, वातावरण तथा पर्यटन मन्त्री भिम पराजुलीले नितिगत समस्याका कारण वनमा रहेका काठको उपयोग गर्न समस्या रहेको बताएका छन्  । 

सोमबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ धनकुटाले महासंघको ३१ औं स्थापना दिवशको अवसर पारेर आयोजना गरेको सामुदायिक बन सचेतना कार्यक्रमको समुद्धघाटन गर्न धनकुटा आईपुग्नु भएका मन्त्री पराजुलीले यस्तो बताएका हुन् । उनले भने–‘प्रदेश सरकारमा बन सम्बन्धि कानुन र विभिन्न नीतिगत समस्याका कारण सामुदायिक बनमा रहेका काठको उपभोग गर्न कठिनाई रहेको बताए । सामुदायिक बनबाट उत्पादन र रोजगारीसँग जोड्नु पर्ने हुँदा त्यसलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । मन्त्रालयले नीतिगत कानुनी समस्याले गर्दा भने जस्तो काम गर्न नसकेको उनको भनाई रहेको थियो । प्रदेश सरकारले वनबाट उत्पादित काठको दर रेट कायम गर्न कुरा उठाई रहेको समेत बताए । जसले गर्दा उपभोग र आम्दानीसँग जोड्न सकिने उनको भनाई रहेको थियो ।कोशी प्रदेशमा अधिकतम अनिवार्य काठको उपयोग गर्नुपर्ने योजना बनाएको हुँदा आर्थिक पाटो पनि बलियो हुने भनाई थियो । सामुदायिक बन जोगाउने भनेको पहिलो अधिकार समुदायको भएको बताउँदै पराजुलीले भने–‘ त्यसमा पनि आदिवासी जनजातिहरुको परम्परागत ज्ञानसिपमा आधारित भएर बन जोगाउन सक्नु पर्दछ ।‘ बन क्षेत्रमा उत्पादन मुखी बोट बिरुवा रोप्न सामुदायिक बन उपभोक्ताहरुलाई मन्त्री पराजुलीले आग्रह समेत गरे । पर्यटकीय क्षेत्रमा कसरी पर्यटन आकर्षण गर्न सकिन्छ सोही अनुसार प्रदेश सरकाले काम गर्ने समेत उनले बताए । 

जिल्ला महासंघ धनकुटाका अध्यक्ष निलवहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख निरेन तामाङ, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, उपाध्यक्ष गीता खेवा गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी लगायत सुरक्षा नियका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । 

  • dhankutapress

थप