Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमवहादुर

  •   २ महिना अघि | २३ भदौ २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन । संघको १८औं वार्षिक साधारण सभा तथा ११ औं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा बस्नेतले ४८ मत प्राप्त गर्दै प्रतिस्पर्धी यज्ञबहादुर एवाई राईलाई १५ मतको अन्तरले पराजित गरेका हुन ।

बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका सञ्चालक यज्ञबहादुर राईले ३३ मत प्राप्त गरे । बस्नेत महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक हुन । प्रथम उपाध्यक्षमा दिल निर्माण सेवाका दिलकुमार राई निर्वाचित भएका छन । उनले ४९ मत प्राप्त गर्दा प्रतिस्पर्धी अस्मी एण्ड अमिसा कन्स्ट्रक्सनका मनोजकुमार राईले ३३ मत पाए । त्यस्तै, द्वितीय उपाध्यक्षमा साइमन कन्स्ट्रक्सन प्रालिका सरन तामाङ निर्वाचित भएका छन । तामाङले ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्याम कन्स्ट्रक्सनका गणेश गुरुङले ३३ मत प्राप्त गरे । महासचिवमा इष्ट बीएन कन्स्ट्रक्सनका बलबहादुर राई (दलदिप) र सचिवमा कास्टिङ कन्स्ट्रक्सनका चन्द्रसिंह नेम्वाङ्ग निर्विरोध निर्वाचित भएका छन । सह–कोषाध्यक्षमा बीबी कन्स्ट्रक्सनका दिनेश राई पनि निर्विरोध चयन भएका छन । कोषाध्यक्ष पदमा भने राई निर्माण सेवाका सुवास राई निर्वाचित भएका छन । उनले ५६ मत प्राप्त गर्दै प्रतिस्पर्धी टी एण्ड टी बन्धु कन्स्ट्रक्सनका टंकबहादुर कार्कीलाई पराजित गरे । कार्कीले २५ मत प्राप्त गरे । संघको नयाँ कार्यसमिति सदस्यमा अविनाश श्रेष्ठ, विष्णु पौडेल, राजकुमार कार्की, लक्ष्मण विश्वकर्मा, सुवन श्रेष्ठ, सुवास तामाङ र सुन्दर तामाङ निर्विरोध निर्वाचित भएका छन।निर्वाचन समितिका संयोजक खगेन्द्रप्रसाद घिमिरेका अनुसार १४ सदस्यीय नयाँ कार्यसमितिका चार पदका लागि मात्र मतदान भएको थियो । अन्य पदमा उम्मेदवारी निर्विरोध भएपछि मतदान गर्नुपरेन । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशन शनिबार सुरु भएको थियो। अधिवेशनअन्तर्गत आइतबार राति मतदान तथा मतगणना सम्पन्न भएपछि नयाँ कार्यसमिति चयन गरिएको हो । संघमा कुल ९६ जना मतदाता रहेकोमा ८२ मत खसेको निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए ।

  • dhankutapress

थप