Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा जेष्ठ १० गते देखि भीमनारायण गोल्डकप हुने

  •   ५ महिना अघि | ८ जेष्ठ २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा लामो इतिहास बोकेको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अघिल्लो वर्षहरुमा झै यो बर्षपनि सञ्चालन हुने भएको छ । 

शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले विहिबार पत्रकार सम्मेलन गर्दै १८ औँ संस्करणको प्रतियोगिता जेठ १० देखि १६ गतेसम्म धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका चर्चित क्लबहरूसँगै भारतको कालिम्पोङबाट एक टोलीको सहभागिता रहने जनाइएको छ । यसपटकको प्रतियोगितामा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटासहित बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी, बेलबारी फुटबल क्लब मोरङ सहभागी हुनेछन् । त्यस्तै, गाईघाट युनाइटेड फुटबल क्लब उदयपुर, सहलेश युवा क्लब सिराहा, सातदोबाटो युथ क्लब ललितपुर र जर्जियन फुटबल क्लब कालिङपोङ भारतको सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए । 

विगतको वर्ष पुरस्कार राशि पाँच लाख रहेको भए पनि यसपटक वृद्धि गरेर विजेताले ६ लाख नगद प्राप्त गर्ने आयोजकले बताएको छ भने उपविजेताले नगद तीन लाख प्राप्त गर्नेछन । यस पटकको संस्करण सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था सहीद भीमनारयण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए ।

धनकुटा नगरपालिका मुख्य सहयोगी रहेको उक्त प्रतियोगिताको प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक, सह–प्रायोजकमा श्रीकृष्ण फर्निचर एन्ड फ्लोरिङ सप्लायर्स धनकुटा–७, एन पेनाङ फुटबल क्लब मलेसिया, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कटरी मोरङ, सुनौलो जीवन सुधार केन्द्र धनकुटा, सल्भ नेपाल धनकुटा, नेपाल टेलिकम धनकुटा लगायत रहेका छन् । जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सञ्चालन गर्नको लागि अनुमानित ४५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

धनकुटाको प्रतिष्ठासँग जोडिएको भीमनारायण गोल्डकपले यस वर्ष उत्कृष्ट फुटबलसँगै सुशासन र उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्न सके आगामी संस्करणहरूका लागि अझ बलियो आधार बन्न सक्ने खेलप्रेमीहरूको विश्वास छ । २०५५ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताले यो वर्ष खेलाडी, खेलप्रेमी दर्शक, प्रायोजक र स्थानीयको मन जित्ला या नजित्ला त्यो भने हेर्न बाकीनै छ ।

  • dhankutapress

थप