धनकुटा प्रेस सम्वाददाता
हिले/धनकुटाको हिलेमा १८ औ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको दोस्रो दिन वुधबार चार वटा खेल सम्पन्न भएको छ । जसमा संखुवासभाको सभापोखरी, धनकुटाको पाख्रीबास, झापाको कन्काइ र भोजपुरको षडानन्द पालिकाले जीत हात पार्दै सेमिफाइनल प्रवेश गरेका छन् ।
हिले भलिवल क्वलको आयोजनामा हिले खेलमैदानमा भएको खेलमा संखुवासभाको सभापोखरी गाउ“पालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५-१५, २५-१७ र २५-२३ को सोझो सेटले हराएको छ । त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउ“पालिकालाई २५-१८, २५-१९ र २५-१३ को सोझो सेटमा नै हराउन सफल भयो । तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आमचोक गाउपालिकालाई २१-२५, २५-२१ र २५-२० र २६-२४को सेटले पराजित गरेको छ । यसैगरी, भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको सभापोखरी गाउ“पालिकाबिचको खेलमा षडानन्दले जीत हात पारेको छ । षडानन्दले जीतका लागि २५-१९, १९-२५, २१-२५, २५-१४ र १६-१४ सेट प्राप्त गरेको थियो ।
प्रगियोगिता अन्तरगत विहिबार सेमिफाइनल चरणका खेलहरु हुने क्लवका अध्यक्ष संजिव तामाङले जानकारी दिए । यसगरी, आगामी शुक्रबार फाइनल खेल हुने छ । प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैया“सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख १ हजार १११ रुपैया“ तथा ट्रफी, मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा कोशी प्रदेशका ९ बिभिन्न पालिकाको सहभागीता रहेको छ । धनकुटाको हिलेमा रामनवमी पर्वको अवसर पारेर वि.सं. २०५५ सालवाट निरन्तर भलिबल प्रतियोगिता सञ्चालन हुदै आएको छ ।
- dhankutapress