Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भीमनारायण गोल्डकपको उपाधि बेलबारीले चुम्यो

  •   ५ महिना अघि | १६ जेष्ठ २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/१८ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब मोरङले उचालेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राइबेकरमा ५–४ गोलअन्तरले हराउँदै मोरङको बेलबारी फुटबल क्लबले उपाधि चुमेको हो । निर्धारित ९० मिनेटको समयमा दुबै टिमबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा बेलबारीका विदेशी खेलाडी सोलुमान किंग, शिशिर लेखी, विदेशी खेलाडी मुतियु, विशाल थिङ र श्याम मुरमुरले गोल गरेका थिए भने विवेक पौडलको प्रहार आयोजकका गोलकिपर विदेशी खेलाडी प्रिसुले रोकेका थिए ।                                   उप विजेता आयोजक धनकुटा उप विजेताको उपाधि ग्रहण गर्दे ।

यस्तै आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानका विवेक गुरुङ, विदेशी खेलाडीहरु फेमी, ओलायामी ताइव र प्रिसोले गोल गरेका थिए भने राम वाजीको प्रहार बेलबारीमा गोलकिपर अजय परियारले रोकेका थिए भने पृथ्वी चौधरीले पोष्ट बाहिर प्रहार गरेका थिए । उपाधि विजेता बेलबारी फुटबल क्लबले नगद ६ लाख रुपैयाँ तथा गोल्डकप हात पा¥यो । उपविजेता बनेको आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले नगद ३ लाख रुपैयाँ चित्त बुझायो । यसैगरी भीमनारायण गोल्डकपको यो संस्करणको प्लेयर अफ टुर्नामेन्ट आयोजकका पदम भट्टराई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । यस्तै प्रतियोगिताको बेस्ट गोलकिपर बेलबारीका अजय परियार, मिडफिल्डर आयोजक टीमका राम वाजी, बेस्ट डिफेन्डर बेलबारीका महेन्द्र कार्की, बेष्ट कोच बेलबारीका सुमन श्रेष्ठ, सर्वाधिक गोलकर्ता बेलबारीका सोलोमान किंग घोषित भए । उनीहरुले जनही नगद ११ हजार ५ रुपैयाँ पुरस्कार हात पारे । यस्तै प्रतियोगिताको उदयमान खेलाडी आयोजकका प्रतीक थापा मगर घोषित हुँदै ६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पारे । यता फाइनल खेलको प्लेयर अफ द म्याच बेलबारीका विवेक पौडेल घोषित भए । उनले नगद छ हजार रुपैयाँ पुरस्कार हात पारे ।आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । यसैगरी बेलबारी फुटबल क्लब मोरङले शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा उपाधिको दाबेदार मानिएको बिर्तामोड युनाइटेड क्लब झापालाई ३–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङले गोल्डकप, नगद तथा प्रमाणपत्र प्रदान गरे ।

  • dhankutapress

थप