Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

१८ औं संस्करणको शहीद भीमनारयण गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजानिक

  •   २ महिना अघि | ५ भदौ २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/१८ औं संस्करणको शहीद भीमनारयण गोल्डकप प्रतियोगितामा भएको आय–व्यय शुक्रवार सार्वजानिक गरिएको छ । 

शहीद भीमनारयण स्मृति प्रतिष्ठान धनकुटाले शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर १८ औं संस्करणको शहीद भीमनारयण गोल्डकप प्रतियोगिताको आय–व्यय सार्वजानिक गरेको हो । जिल्ला समन्वय समितिका उप–प्रमुख सावित्रा राईको प्रमुख आतिथ्यमा १८ औं संस्करणको भीमनारयाण गोल्डकप प्रतियोगिताको आय–व्यय सार्वजानिक गरिएको हो । खर्च सार्वजानिकरण कार्यक्रममा सहीद भीमनारयण गोल्डकप फुटवल प्रतियोगिता आयोजक समितिको संयोजक संभु प्रधानले  ४२ लाख, ८० हजार, ५ सय ७ रुपयाँ वरावरको आय र ३५ लाख, ९८ हजार, १ सय १६ रुपयाँ वरावरको खर्च व्यय सार्वजानिक गरेका छन् । उनले विभिन्न संघ–संस्था तथा उद्योगी व्यवसायीहरु र खेलप्रेमी महानुभावहरुबाट प्रतियोगिताको लागि सहयोग गर्ने प्रतिवद्धता जनाइएको १८ लाख, २५ हजार, ३ सय रुपयाँ बाँकी उठ्न रहेको स्पष्ट पारेका छन् । उनले उक्त रकम उठेको खण्डमा शहीद भीमनारयण स्मृति प्रतिष्ठानलाई ६ लाख, ८२ हजार, ३ सय ९१ रुपयाँ बचत हुने उल्लेख गरेका छन् । 

सार्वजानिक गरिएको आयमा धनकुटा नगरपालिका १३ लाख, पाख्रीवास नगरपालिका ९८ हजार, १ सय ४ रुपयाँ, छथरजोरपाटी गाउँपालिका ९८ हजार, १ सय, ७० रुपयाँ, सहिदभूमि गाउँपालिका ९७ हजार, १ सय, ७७ रुपयाँ, महालक्ष्मी नगरपालिका ६८ हजार, ९ सय, ५०, साँगुरीगढी गाउँपालिका १ लाख, प्रदेश खेलकुद विकास वोर्ड ७ लाख, राष्ट्रिय खेलकुद परिषद १ लाख, धनपा वडा नं.५,६,७ र १० ६४ हजार, एन पेनाङ क्लव मलेशिया ३ लाख, एक्सट्रिम इनर्जि काठमाण्डौं ३ लाख, ८२ हजार, ५ सय, गोर्खा ब्रुअरी टुवोर्ग ४० हजार रहेको छ । त्यैसैगरी एनी क्लोथ झापा ३५ हजार, वेंक तथा वित्तिय संस्थाहरु ६ लाख, ९५ हजार, संघ संस्था तथा कार्यालयहरु १ लाख, १ हजार, शैक्षिक संस्थाहरु ५७ हजार, ५ रुपयाँ, उद्योगी व्यापारी तथा खेलप्रेमी महानुभावहरु ३ लाख, ६८ हजार, ४ सय, ५ रुपयाँ, दोश्रो पुरस्कार विजेता रकम ३ लाख गरि जम्मा ४२ लाख, ८० हजार, ५ सय ७ रुपयाँ आम्दामी भएको आयव्यय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी खर्चमा खेलाडहिरुलाई दैनिक भत्ता ज्ञ३ लाख, ६८ हजार, निर्णयकहरुको दैनिक भत्ता तथा यातयात खर्च ३ लाख, १ हजार, ५ सय, ९०, नगर पुरस्कार प्रथम ९ लाख, व्याक्तिगत नगद पुरस्कार १ लाख, २८ हजार, ७ सय, ३१, गोल नेपाल डटकम ४५ हजार, कप, मेडल, खेल सामाग्रीहरु १े लाख, ३ हजार, ३०, प्रमाणपत्र, मायाको चिनो ६६ हजार, ९ सय, २५, व्यानर पोष्टर छपाई ४० हजार, १५, साउण्ड शिष्टम ३० हजार, फिल्ड व्यवस्थापन १ लाख, २७ हजार, ८ सय, ७५, बल व्वाई कामदार ३३ हजार, ९ सय, पोषाक खरिद ६५ हजार, ८ सय रहेको छ । त्यसैगरी आतिसवाजी तथा अन्य सामाग्री खरिद ३६ हजार, ५०, चिया नास्ता तथा विविध खर्च १ लाख, ७१ हजार, २ सय, दोश्रो पुरस्कार विजेता वापत खेलाडीहरुलाई प्रोत्समहन १ लाख ८० हजार, गरि जम्मा ३५ लाख, ९८ हजार, १ सय, १६ रुपयाँ खर्च सार्वजानिक गरिएको छ । उठ्न वाँकी १८ लाख, २५ हजार, ३ सय उठेको खण्डमा ६ लाख, ८२ हजार, ३ सय ९१ रुपयाँ बचत हुने सार्वजानिक गरिएको प्रतिवेदनमा उल्लेख छ । 

शहीद भीमनारयण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न खर्च सार्वजानिकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, भमिदल गणका सेनानी मन्दिप राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव डिएस्पी उपरिक्षक हेमन्त भण्डारी, सशस्त्र प्रहरी बलका डिएस्पी नायव उपरिक्षक राजेश फूयल, राष्ट्रिय अनुशन्धान धनकुटाका प्रमुख रामेश्वर वस्नेत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई लगायत स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।       

  • dhankutapress

थप