Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

गाईघाट एफसीलाई १ को विरुद्ध ३ गोलले पराजित गर्दै विर्तामोड युनाईटेड विजयी

  •   ५ महिना अघि | ११ जेष्ठ २०८३, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/सहिद भीमनारायण गोल्डकपको १८औँ संस्करणको सोमबार भएको दोश्रो दिनको खेलमा विर्तामोड युनाईटेट विजयी भएको छ । विर्तामोडले गाईघाट युनाईटेडलाई १ का विरुद्ध ३ गोल गरेर वियजी भएको हो । 

निर्धारित ९० मिनेटको खेलको पहिलो हाफमा ३३ औं मिनेटमा विर्तामोड युनाईटेडका जर्सी नं.१० का प्रदिप वुढाथोकीले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी प्रतियोगिताको दोश्रो हाफको २२ औं मिनेटमा विर्तामोड युनाईटेडका जर्सी नं.९ का टिम क्याप्टेन आशिष चापागाँईले थप १ गोल गरेर आफ्नो टिमलाई २ गोलको अग्रता दिलाएका थिए ।

त्यसैगरी दोश्रो हाफको ३४ औं मिनेटमा गाईघाट युनाईटेडका जर्सी नं.१९ का सुनिल खड्काले १ गोल गरेर २–१ को अन्तर दिलाएका थिए । यसैक्रममा खड्काले गोल गरेको १ मिनेट बित्न नपाउँदै विर्तामोड युनाईटेडका जर्सी नं.९ का आशिष चापागाँईले पुनः १ गोल गरेर ३–१ को फराकिलो अन्तर आफ्नो टिमलाई अग्रता दिलाएसंगै जित हात पारेका थिए । खेलको प्लेयर अफ द म्याच विर्तामोड युनाईटेडका आषिश चापागाँई घोषित भए । उनले नगद ६ हजार सहित मेडल प्राप्त गरे ।  प्रतियोगिता अन्तरगत मंगलबारको खेल आयोजक धनकुटा फुटबल क्लब धनकुटा र जर्जियन फुटबल क्लब कालिङ्गपुङ्ग भारतबिच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिएका छन् । आगामी जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने भएका छन् । हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ खेल शुरु हुनु अघि शुभकामना व्यक्त गर्दै साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दालीले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका संधै तयार रहेको बताए । उनले हरेक वर्ष गाउँपालिकाले स्थानिय तहमा फुटवल खेल र नयाँ खेलाडी उत्पादनमा लगानी गर्दै आएको बताए । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । विं.स. २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा सहिद घोषणा गरेको थियो ।

  • dhankutapress

थप