Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

जे हुन्छ, आजै हुन्छ , बाँचिए छ भने, भोलीको दिन भोली नै हेरौला

लिम्वुवानी भूमिपुत्रलाई सपनामा पनि.........सत्यकुरा । (मध्यराती विराटनगरको रोडशेष चोकमा पहिचानवादी प्रदर्शनकारी र सुरक्षाकर्मी विच दोहोरा झडप भैरहेको सपना देखेपछि)

  •   १२ महिना अघि | १४ जेष्ठ २०८०, आइतवार

सबीला मोक्तान तामाङ

धनकुटा (किराँत–लिम्वुवान प्रदेश) : आखिरी मुलुकका जनुसुकै पार्टीका नेताहरुले जति प्रगतिशिल भाषण गरेपनि मुखमा रामराम बगलीमा छुरा भन्ने उखानलाई सार्थक बनाएरै छाडेका छन् । आज मात्र हेन इतिहाँस देखि नै । पछिल्लो समयमा त झन शासकहरुले एकले अर्काको अस्तित्व नस्वीकार्ने गरी एकात्मक सोँचका साथ नेपालको संविधान ०७२ को मर्म र भावाना विपरित वहुजातिय, वहुभाषिक, वहुधार्मिक र वहु–साँस्कृतिक मूल्य मान्यतालाई नै चुनौति दिदै नागरिकको स्वतन्त्रपूर्वक वाँच्न पाउने मानव अधिकार नै हन्न हुने गरी निषेधको राजनीति गर्दै अघि वढे पछि विकल्प केहि रहेन । अब १ नम्बर प्रदेश सक्कली संघियता भित्र वहुजातिय लोकतान्त्रिक समाजवादको मुलभूत सिद्धान्तलाई नेपाली जनता माँझ कार्यान्वयन गर्न पहिचानको लागि गृह युद्धमा फस्यो । कुरो ध्रुर्व  सत्य छ, मानिस आखिरी जन्मिए पछि ढिलो चाँडो एक दिन मर्नै पर्छ । हुन त शासकसंग वन्दुकको नाल छ, नागरिकसंग केहि छैन । एक दिन मरिने नै हो, मर्न देखि डर भएन । आन्दोलनलाई उत्कर्षमा पु¥याउन संगठित भएर अघि वढ्ने तागत भने पक्कै पनि शासकहरु कै व्यवहारले गर्दा उकूसमुकूस भएर उर्लिएको छ । त्यो जनभावना र जनलहरको १ नम्वर प्रदेश सरकार र काठमाण्डौंमा वसेर संघिय गणतान्त्रिक नेपालको शासन व्यवस्था संचालन गरिहनु हुने शासकले राम्रोसंग वुझ्न जरुरी छ । 

श्रीलंका नै बनाउने हो भन्ने भन्नु केहि छैन ?

विश्व मान चित्रमा नेपालको जस्तो हावापानी, रहनसहन, जातजाति, भाषाभाषि, वहुधर्मावलम्वी हामी नेपाली जनता आजसम्म मिलेर वसेको सुन्दर साझा फुलवारीलाई विदेशीको आडमा तहसनहस पार्ने शासकहरुले आफ्नो शाखा सन्तानलाई विदेशमा राखेर नेपालमा अवसरवादी र राष्टघाति राजनीति गदैछन् । यसको जवाफ ०७९ फागुण १७ पछिको १ नम्वर प्रदेश सरकारले गुरिल्ला शैलीमा कोशी प्रदेश नामंकन गरेपछि, सो विरुद्ध भएको चरणवद्ध आन्दोलनले देखाई सकेको छ । ०७९ चेत्र–५ को विराटनगरमा भएको प्रदर्शनमा गम्भिर घाईते भएका लिम्वुवानी भूमिपुत्र पदम लिम्वु (लाजेहाङ) ले चैत्र १० गते वीरगति प्राप्त गरे । यस पछिका चरणवद्ध आन्दोलनमा पनि दर्जनौ मुक्तियोद्धाहरु घाईते भएका छन् । हाम्रै दाजुभाईहरुलाई अघि सारेर कमाण्ड फोर्स प्रदर्शनमा परिचालन हुँदा हाम्रै सुरक्षाकर्मी दाजुभाईहरु पनि दर्जनौं घाइते भएका छन् । शासकको व्यवहारले गर्दा यहाँ गम्भिर दुःख पैदा भईरहेको छ । जिल्ला जिल्लामा पहिचानवादीहरुलाई पक्डेर थुन्ने रे । कति दिन/कति जनालाई थुनेर सक्ने भन्ने साहास गरुया होला भन्या ? श्रीलंका नै बनाउने हो भन्ने भन्नु केहि छैन। यहाँ पदर्शनकारी र सुरक्षाकर्मीहरुले पनि सोचेर अघि वढ्नु पर्ने छ । कस्का कारण हामी एकअर्कामा भिड्दै छौं गृहयुद्धको रणभूमिमा । विदेशमा सन्तान हुनेहरु त विदेश भाग्लान, विदेशमा कोहि नहुनेहरु अब मर्न तयार हुनै पर्छ । 

लाखौं जनता आज विराटनगरमा उत्रिदै छन् :

आज ०८० जेष्ठ १४ गते विराटनगरमा के हुन्छ ? त्यो परिणाम हेर्न वाँकी नै छ । प्रदेश नं.१ सरकारका प्रमुख परशुराम खापुङले आज जेष्ठ १४ गते अपरान्ह २ वजे प्रदेश सरकारको दोश्रो वजेट अधिवेशन आव्हान गर्नु भएको छ । यहि तिथिलाई आधार वनाएर वृहत विरोध प्रदर्शन कोशी प्रदेश नामंकन विरुद्ध गठित संघर्ष समितिले आज विराटनगरमा विरोध तथा प्रदर्शनको कार्यक्रम राखेको हो । पहिचानको लागि गृहयुद्धको तयारीमा होमिएको करिब ६ हजार जना भुतपुर्व गोर्खा सैनिकद्वारा प्रशिक्षित प्रदेश नं.१ भित्रको १४ वटै जिल्लाबाट लिम्बुवान भोलुन्टियर्स, किराँत फोर्स र लिम्बूवान काङसोरे फोर्स लगायतको विभिन्न घटक संघसंस्था मार्फत करिब ६ लाख युवा फोर्स विराटनगरमा प्रदेश नं. १ को कथित रुपमा राखिएको ऐतिहासिक पहिचानको विरुद्धको नाम कोशी खारेजीको विरोधमा तैनाथ हुँदैछन् । त्यो भरेको परिणामले देखाउने छ । सुनिदै छ, चार घेराको सुरक्षाकर्मी परिचालन गरिएको छ भनेर । प्रदेश सरकार जेष्ठ ८ गते देखि नै प्रदर्शनकारी आउने नाकाहरु छेक्ने तयारीमा जुटेको छ । कति दिन लुक्ने यसरी नाका नाका छेकेर भन्ने प्रश्न प्रदेश सरकार आफैमा उब्जिएको छ । जे हुन्छ, आजै हुन्छ । बाँचिए छ भने, भोलीको दिन भोली नै हरौला ...........................। 

  • Dhankutapreess

थप