कृष्ण बहादुर तामाङ
२०८१ फागुन १७, काठमाडौं/नेपालको राजनीतिक पतन, सरकारहरूको घिनलाग्दो असफलता, र राष्ट्रको चिरस्थायी दासत्व अब सहन सकिन्न । अब सम्झौताहीन क्रान्तिको बिगुल बजिसकेको छ । यो देशलाई दलालहरू, लम्पसारवादीहरू, र विदेशीका एजेन्टहरूबाट मुक्त गर्न अब ढिलो गर्न पाइन्न । संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्दै नेपाललाई अकल्पनीय समृद्धिको युगतर्फ अघि बढाउने एक मात्र मार्ग छ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ।
अब लम्पसारवादी संसदीय गोटीहरूका बकबक चल्दैन । अब नेपाली जनताले आफ्नो भाग्य आफ्नै हातमा लिन्छन्, अब संसद्को दलालीको जालो चुँडिन्छ, अब प्रतिक्रियावादीहरूको विनाश निश्चय छ । प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख बिना नेपाल अब एक क्षण पनि अगाडि बढ्दैन – या त यो प्रणाली लागू हुन्छ, या सत्ताका भ्रष्ट दलालहरूको ऐतिहासिक अन्त्य हुन्छ ।
अब कुनै सम्झौता होइन, आँधीबेहरी विद्रोह । अब कुनै बहाना होइन, निर्णायक सङ्घर्ष । अब दलालहरूसँग सम्वाद होइन, उनीहरूको सिंहासन ध्वस्त पार्ने समय आएको छ । अबको लडाइँ राष्ट्र बचाउने हो, अबको क्रान्ति इतिहासको गर्भमा सुनौलो अक्षरले लेखिनेछ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको युगको विजयी उद्घोष – दलाल राजनीतिक व्यवस्थाको सम्पूर्ण विनाश ।
नेपाललाई विश्वकै उत्कृष्ट, सशक्त, र सम्पन्न राष्ट्र बनाउने हो भने, जनताले आफ्नो सरकार आफैं छान्न पाउनु पर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बिना सधैं अस्थिरता, भ्रष्टाचार, र दलहरूको घृणित खेल जारी रहनेछ ।
‘सत्ता तानाशाही दलहरूको बन्धक, देश दिशाहीन’
नेपालको वर्तमान व्यवस्थाले जनताको आवाज कुन्ठित गरेको छ । गठबन्धनको नाममा बनेका अस्थिर सरकारहरू कुर्सीको खेलमा रमाउँदै, जनतालाई निरीह बनाउँदैछन् । यो अराजकता, अपारदर्शिता, र अकर्मण्यता अब सह्य छैन ।
देशलाई अभूतपूर्व उचाइमा पुर्याउन अब नयाँ युगको क्रान्ति अनिवार्य छ । प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख बिना कुनै पनि सरकार टिक्दैन, देश अघि बढ्दैन, र जनताको जीवन कष्टकर नै रहन्छ । राजनीतिक स्थायित्वबिना विकास सम्भव छैन, अनि स्थायित्व ल्याउने एक मात्र उपाय भनेको कार्यकारी प्रमुखलाई प्रत्यक्ष निर्वाचनमार्फत जनताले चुन्ने व्यवस्था हो ।
‘अब दलाल पुँजीवाद र सत्ताको दुर्गन्धमय दासत्व अन्त्य हुनैपर्छ!’
हिजोसम्म राजतन्त्रको सत्ताधारीहरूको शोषणमा थिचिएका जनता आज नयाँखाले दलाल पुँजीवादी, भ्रष्ट राजनीतिक माफियाहरूको जालमा फसेका छन् । देश लुट्ने, स्रोतसाधन कब्जा गर्ने, नागरिक अधिकार कुल्चने र राष्ट्रघाती सम्झौता गर्ने प्रवृत्तिको अन्त्य नगरेसम्म नेपालले कहिल्यै उन्नति गर्ने छैन ।
‘यो व्यवस्था जोगाउनु छ, तर सुधार नगरी सम्भव छैन!’
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, र नागरिक अधिकारको रक्षा गर्नु हाम्रो कर्तव्य हो । तर, यो व्यवस्था अराजक गठबन्धन र अस्थिर सरकारले ध्वस्त पार्न लागेको सत्य पनि लुकाउन सकिन्न । यदि नेपाललाई समृद्धिको शिखरमा पुर्याउने हो भने, सत्ता दलहरूको घिनलाग्दो भागबण्डा होइन, जनताको प्रत्यक्ष अधिकार, संप्रभुता, र निर्णायक सहभागिता अपरिहार्य छ ।
अब कायरता होइन, आँधीबेहरी क्रान्ति जरुरी छ !
अबको लडाइँ कायरताको दलदलमा थिलथिलो हुने छैन, यो एक महाविद्रोहको प्रचण्ड आँधीबेहरी हुनेछ । अब सम्झौतावादी कायरहरू इतिहासको गर्तमा विलीन हुनेछन्, र नेपाल एउटा नयाँ क्रान्तिको ज्वालामुखीबाट पुनर्जन्म लिनेछ । २१औं शताब्दीमा नेपाललाई विश्वकै गौरवशाली, आत्मनिर्भर, र महाशक्ति राष्ट्रका रूपमा उभ्याउने हो भने, सत्ता दलहरूको घिनलाग्दो भागबण्डा होइन, जनताको प्रत्यक्ष शक्ति, अधिकार, र निर्णायक सहभागिता अपरिहार्य छ । नेपाली जनताले अब आफ्नो भविष्य संसदका भ्रष्ट दलालहरूको गोठालोझैं बिक्री हुने हातहरूमा सुम्पने छैनन् – अब सत्ता तस्करहरू ध्वस्त हुनेछन्, र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विजयी उद्घोष हुनेछ । अब जनता मौन रहने छैनन्, अब उनीहरूको क्रान्तिकारी गर्जनले सत्ताका गगनचुम्बी महलहरू कम्पायमान बनाउनेछ । अब सत्ताका षड्यन्त्रकारी दलालहरूको महलमाथि जनताको आक्रोशको ज्वालामुखी विस्फोट हुनेछ । अब यो लडाइँ केवल सुधारको होइन – यो पूर्ण सत्तापरिवर्तनको महासङ्घर्ष हो ।
अब नेपाली जनताले आफ्ना प्रतिनिधिहरू आफैं चुन्नेछन्, संसद्का तस्करहरूका महल ध्वस्त हुनेछन्, र राष्ट्रको नेतृत्व अब जनताको प्रत्यक्ष आदेशअनुसार सञ्चालन हुनेछ । अबको सङ्घर्ष केवल परिवर्तनको लागि होइन, नेपालको इतिहासमा पुनर्जागरण ल्याउने महासङ्घर्ष हो ।
अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागलाई प्रचण्ड जनसागर बनाइनेछ, सत्ताको दलाल संरचनाको अन्त्य हुनेछ, र नेपाल अब कोही पनि पराधीन बनाउन सक्दैन । अब नेपाल स्वाभिमानको हिमाल बनेर उभिनेछ, नेपाली जनता स्वतन्त्रताको विजयगीत गाउनेछन्, र प्रतिक्रियावादी षड्यन्त्रहरू सदा-सर्वदा समाप्त हुनेछन् ।
अब जनता मौन रहने छैनन् । अब इतिहासको नयाँ पानामा महाविद्रोहको राप लेखिनेछ । सत्ताका दलालहरूको षड्यन्त्रपूर्ण सञ्जाल चकनाचूर गरिंदैछ, अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागलाई महासागरसरि उर्लंदो जनसंकल्पको अभूतपूर्व तरङ्ग बनाइनेछ ।
अब या त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख – या देशको निरन्तर बर्बादी । यो द्विविधा होइन, यो राष्ट्रको भाग्य निर्धारण गर्ने अन्तिम सङ्घर्ष हो । अब समय आएको छ, देशभरका सचेत नागरिक, क्रान्तिकारी युवा, श्रमिक, किसान, उद्यमी, विद्यार्थी, र आम जनताले निर्णायक संघर्षको बिगुल फुक्नेछ । अब मौनता अपराध हो, निराशा राष्ट्रघात हो । इतिहासले आज निर्णयको माग गरिरहेको छ–अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको स्थापनाका लागि निर्णायक आन्दोलन गर्नुपर्छ ।
अब यो राष्ट्र निर्णयको दोबाटोमा छ – या त प्रत्यक्ष निर्वाचित प्रणाली अपनाएर समृद्धिको हिमालय चढ्ने, या सधैंभरि लाचार, दास, र भ्रष्ट सत्ताका गुलाम भएर बाँच्ने । नेपाली जनताको सबल हातबाट प्रत्यक्ष लोकतन्त्रको सूर्य उदाउनेछ, प्रतिक्रियावादीहरूको षड्यन्त्र ध्वस्त हुनेछ, र नेपाल पुनर्जन्म लिनेछ ।
अब सम्झौतावादी गद्दारहरूका दिन सकिए । अब संसद्को गद्धार संरचना ध्वस्त हुनेछ । अब सत्ता दलालहरूको महलमा जनताको आक्रोशको ज्वालामुखी विस्फोट हुनेछ । यो लडाइँ आधिकारिक परिवर्तनको होइन, सम्पूर्ण व्यवस्थाको ध्वंस हो । अब इतिहासमा एउटा नयाँ युगको सुरुवात हुनेछ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको युग ।
अब आन्दोलनको ज्वाला प्रज्वलित गरौं । अब निराशालाई जलाएर क्रान्तिको सूर्य उदाउनेछ । अब कुनै सम्झौता होइन –महासङ्घर्ष! कुनै बहाना होइन –निर्णायक सङ्घर्ष! अब दलालहरूको महल भत्कनेछ, प्रतिक्रियावादीहरू भूमिसात हुनेछन्, र नेपाल नयाँ सूर्यको उज्यालोमा पुनर्जन्म लिनेछ ।
‘अबको नारा – जनताको सरकार, जनताको निर्णय!’
नेपालका सम्पूर्ण क्रान्तिकारी शक्तिहरू, प्रगतिशील नागरिक, र सचेत युवाहरू, अब निर्णायक कदम चाल्ने बेला आएको छ । यस क्रान्तिलाई कसैले रोक्न सक्दैन, यो अब अवश्यम्भावी संघर्षको प्रचण्ड ज्वाला बनिसकेको छ । नेपाल अब आत्मनिर्णयको युगतर्फ अघि बढ्छ – या त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, या इतिहासकै सबैभन्दा ठूलो संघर्ष । अब हाम्रो आवाज – जनताको आवाज, जनताको निर्णय! अब न कुनै सम्झौता, न कुनै समझदारी – यो संघर्ष जनताका लागि, यो संघर्ष जनताको स्वतन्त्रता र अधिकारको हो । अब सत्ताका दलालहरूको शासन अन्त्य हुनेछ, र जनताको हाकिम बनाउने क्रान्ति यत्रा सुरू हुनेछ । अब कुनै अड्चन छैन – यो जनक्रान्ति अब अपरिहार्य बनिसकेको छ । प्रतिक्रियावादी संसदको दलाल व्यवस्थाको ध्वंस हुनेछ, र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था अब अनिवार्य रूपले लागू हुनेछ ।
अबको संघर्ष कुनै हल्का संघर्ष होइन, यो अडिग बिद्रोहको उद्घोष हो । अब नेपाल एउटा नयाँ क्रान्तिको अगुवा बनेर विश्वमा गडगडाहट पार्नेछ । सत्ताका जालसाजहरूलाई अब कुनै सम्झौताले बचाउन सक्दैन । अब न्यायको असली युग थालनी हुनेछ – जनताको विजय, जनताको निर्णय । अब नेपाल मुक्तिको नयाँ युगमा पाइला राख्न तयार छ, र प्रतिक्रियावादी दलालहरूको अन्त्य निश्चय छ ।
- dhankutapress