Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

नयाँ पुस्ताको ईगो र एक्सन सागर ढकालहरू।

  •   १ वर्ष अघि | ७ मंसिर २०७९, बुधबार

गीता अधिकारी 

धनकुटा/एउटा युवा, सफल मुलुकको शासन व्यवस्था कसरी मजबूत गर्न सकिन्छ,  विकासको सोच, समृद्धि र कार्यकुशलताका आयामलाई कसरी संस्थागत र संगठित गर्न सकिन्छ भन्ने ध्येय राखेर विश्वका नामुद विद्यालयहरूका अध्ययन र अनुभवले आफ्नो मुलुक बनाउने लक्ष्य लिएर मुलुक फर्कियो। प्रचलित राजनैतिक चरित्रमा कहिल्यै दुर्वाच्य  गरेन । उमेर समूह अनुसार सधैं आदरभावमा सम्बोधन गरी रहयो। निर्वाचनको आचार संहिताको निरंकुशता र जर्जर शक्ति प्रदर्शन एक प्रकारको शीमा घेराको क्रममा अविचलित भएर आफ्नो मिसनमा लागि रहयो। राज्यको समान कानुनी व्यवहारबाट उ उपेक्षित रहेको पनि देखिएको हो । 

ऊ कुन दल र कहाँबाट परिचालित भयोरु कसले डडेलधुरा पठायो या उ आँफै गयोरु यी धेरै प्रश्न जन्मिए यहाँ । एउटा ठिटो, मुलुकका प्रधानमन्त्रीबाट अपेक्षा गरे अनुसार एउटा प्रश्नको उत्तर मात्र सुन्दर पाउन नसके पछि बेचैन भएको एउटा पात्र देख्छु म उसलाई । त्यसैबाट जन्मिएको ईगो र प्रतिबद्धता नै सागर ढकाल हो। ईगोले यो पुस्ता धेरै मुलुक बाहिर पलायन भएकाछन् तर उ फर्किएको देखिन्छ। ऊ आदरणिय नेताहरुलाई सम्मान गर्दै उनीहरुबाट भनेजति उन्नत हुन नसकेको आफ्नो मुलुक बनाउने ईगो एक्सनमा दृढ देखिन्छ। 

नेपाली समाजका अभिभावकहरू अब्बल सन्तान, विश्वको अब्बल विश्वविद्यालय पढेको सन्तान उन्नत कमाई, व्यक्तित्व निर्माण, अन्तराष्ट्रिय पहिचान र परिवारको गरिमाका खातिर वफादार बनोस् भन्ने सोचलाई चुनौती दिंदै नेपाली राजनीतिमा होमिएको थियो। होमियो, लड्यो र राजनैतिक प्रतिस्पर्धामा प्रतिपक्षको सालिन, स्वस्थ र मर्यादालाई सधैं सम्मान गरेर पनि राजनैतिक लडाइँमा उभिन सकिने व्यावहारिक ज्ञान दिएर उभियो उ ।  

यतिखेर उसलाई जन्माउने माता, पिता खुशी भएको हुनुपर्छ किनकि आफ्नो माटोको लागि विश्व यात्रामा निस्किएका छोरो फर्किएर आफ्नै माटोमा फर्किएको छ। अब केही यस्ता सोच बदलिने छन् । 

सागर ढकाल,

उसले हारेन्। उसले जितेको छ । विश्व मुलुकका अब्बल र विश्वका नामुद विश्वविद्यालयमा मुलुक कसरी बन्छ भन्ने मिशन बनाएर अध्ययन र अनुभव लिएको थियो ।   मुलुकको विकास र समृद्धिको आधार विश्वव्यापी राजनैतिक संस्कार र संस्कृतिलाई नेपाली राजनीतिमा कहाँ संयोजन गर्न सकिन्छ भन्ने बारेमा नयाँ पुस्ताले दायित्व लिनु पर्छ भन्ने सन्देश पनि उसले दिएको छ। 

उसको यो हाम्रो राष्ट्रको बारम्बार प्रधानमन्त्री बनिसकेका व्यक्तिसँगको संवैधानिक लड़ाई बन्यो । जो बालिग नेपाली जो कोहीले गर्न सक्थ्यो उ उभियो । ऊ एउटा मोडेल बन्यो उ जस्ता अरु पनि आफ्नो आर्जन भइरहेको पेशा छाडेर मुलुक निर्माण गर्ने अभियानमा होमिए तर पनि उ प्रधानमन्त्री जस्तो गरिमाको पदसँग टुक्रिएर साँच्चै पदलाई राष्ट्रको गरिमा जस्तै कसरी सुहाउँदो बनाउन सकिन्छ भनेर अध्ययन, खोज र अनुसन्धानमा संलग्न भएर आएकोले  पनि  निकै चासो लागेको एउटा पात्र थियो ऊ । 

मुलुक बनाउन सुन्दर सोच, दृष्टिकोण, धारणा र कर्म गर्ने अठोट लिने विविध  सुन्दर रंगहरु अन्तरघुलन भएको समाज बनाउने व्यक्तिहरूको संगठन नै राजनैतिक दल या संगठन हो। गतिशील भएको विश्वमा हामी आफूले सदियौं देखि आफ्नै सिकुवाको गमलामा रोपेको फूल त दुनियाँमा पाइने नयाँ, नौला,  सुन्दर फूल फुलाउन खोजिरहेका हुन्छौं, रोप्छौं र फुलाउँछौं पनि  ।  रूपान्तरणको सोच प्राकृतिक हो ।  त्यसैले दल  भित्र पनि यस्ता नयाँ प्रकृतिका रंग मिलाउन रहर जागेन भने , रोप्न सकिएन भनें, मिल्दैन या फरक रंग दिन चाहिएन भने पल्लाभारी नयाँ बिरुवा र रंगको पहिचान दिनेहरु घरमा हुर्कदै आएका हुन्छ्न र उनीहरूले आफ्नो चाहना गमलामा नयाँ प्रजाति सारेर रमाउँछन् ।  सागर ढकाल यस्तै एउटा हुर्कदै आएको पात्र होइन र, राजनीतिक दल भनेको यस्तै पुस्ता अटाउने घर बन्न सक्नु पर्छ । यो समयले आँफै माग्दै जान्छ र यसलाई स्वाभाविक गतिशीलता चक्र हो। स्वीकार गर्न पर्छ ।

मुलुकमा दलिय व्यवस्थालाई सम्मान गर्नु छ। दल भित्र या बाहिर रहेका युवाहरुको सोच र दृष्टिकोणलाई संगठित र संयोजन नगरी पार्टीमा योगदान गरेको आधारमा राजनीति मात्र गर्नेहरूलाई जिम्मेवारी र अवशर प्रदान गर्ने हो भनें यी जो जति दल छन् यी बाहेक यस्ता पुस्ता स्वतन्त्रको नाममा या निर्दलीय रूपमा उभिने क्रम बढ्दो देखिने छ । यो पनि व्यवस्थामा उल्लेख भएकै थियो र यस्ता पात्रहरु उभिए ।  उभिईरहने छन् त्यसैले त यो प्रकृति हो स्वीकार गर्न मान्नु पर्छ । 

राजनीति मुलुक निर्माण गर्ने मुल नीति हो । यसले समयसँगै विकास र समृद्धिलाई नयाँ सोच,शैली र समावेशी चरित्रबाट सम्बोधन गर्नु सक्नु पर्छ । यो चेत आउन नवीनतम सोच,अध्ययन, अनुभव र विश्व अध्ययनका उपजलाई नीति भित्र समाहित गर्नु पर्छ ।  जसका लागि बिना तालिम प्रशिक्षण, अनुशिक्षण र स्पष्ट धारणा बिना राजनीतिक दलमा अनुबंधित या संगठित भएकाहरुको दल मात्र दल बनेको या बनाइँदै जाने पद्धतिको परिणाम हो यो ।  विकासका नयाँ मोडल र विश्वसँगै सबै क्षेत्रको आधुनिकिकरण गर्दै  जाने अनुभव, अध्ययन गर्ने नयाँ पुस्तालाई उनीहरूको ज्ञान,सीप र सिकाइलाई प्रभावकारी रूपमा प्रस्फुटन गर्ने अर्को एउटा नयाँ स्वरुप नेपाली राजनीतिक दल हुन आजको माग भएको देखिन्छ ।  अबको पुस्ताले आफूसँग भएको ती अनुभवलाई अटाउने ठाउँ खोजी गर्दैछन । नयाँपनको नीति ल्याउन  सक्ने,  आवधिक स्व मूल्यांकन गर्ने परिपाटी राजनैतिक दल भित्र खोजि गर्दैछन्  ।

यो सुन्दर क्षण हो। राष्ट्र निर्माण गर्न दलहरुलाई यो नयाँ शक्ति, ऊर्जा र औजार पनि  हो । राजनीति नयाँ पिढीका  लागि अनुत्पादक क्षेत्र भन्नेबाट प्रभावित भइरहेको अवस्थामा यसरी नवीनतम सोच लिएर आफ्नो अब्बल अनुभव सहितको जिविको छाडेर,  व्यक्तिगत लाभ त्याग गर्दै राजनीतिको मूल प्रवाहमा आएको शक्तिहुन् । यिनीहरूलाई दलहरुले स्वागत गर्नु पर्छ । उनीहरूको यो कार्यको प्रशंशा गर्दै राजनीतिक शक्तिका रूपमा समाहित गर्न सक्नु नै मुलुक निर्माण गर्ने महाअभियान सफल गर्नु हुनेछ ।  सागर, तोसिमा र सोबिताहरु यस्तै सुन्दर  नयाँ पुस्ताका ईगो एक्सन लिएर आएका नयाँ ऊर्जा र मुलुकका नयाँ शक्ति हुन । – लेखक : मानव अधिकारकर्मी हुनुहुन्छ । 

  • Dhankutapress

थप