Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

भीमनारायण गोल्डकप : राष्ट्रिय जागृति क्लब इटहरी सेमीफाइनलमा

  •   ३ महिना अघि | २५ बैशाख २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/बुटवल लुम्वीनी फुटबल क्लवलाई हराउँदै राष्ट्रिय जागृति क्लब इटहरी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार सम्पन्न खेलमा राष्ट्रिय जागृति क्लव इटहरीले ट्राईब्रेकरमा बुटवल लुम्वीनी फुटबल क्लवलाई ४ का विरुद्ध ५ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । 

खेलको पहिलो हाफको १५ औँ मिनेटमा जागृत क्वल इटहरीका जर्सी नं.७ का उमेश राईले टिमको तर्फबाट १ गोल गरेर अग्रता दिलाएका थिए । सोही खेलको अतिरिक्त समयको इन्जुरी समयमा बुटबल लुम्म्वीनी क्लबका जर्सी नं.२ का विवेक गुरुङ्गले जागृसत क्लव इटहरी विरुद्ध १ गोल गरेर आफ्नो टिमलाई वरावरीमा पु¥याएका थिए । दोश्रो हाफ्मा दुबै टिमबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा परिणत भएको थियो । ट्राईब्रेकरमा राष्ट्रिय जागृति क्लव इटहरीले बुटवल लुम्वीनी फुटबल क्लवलाई ४ का विरुद्ध ५ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । 

खेलको म्यान अफ त म्याच राष्ट्रिय जागृति क्लब इटहरसका जर्सी नं.७ का उमेश राई घोषित भए । उनले नगद ५ हजार ५ रुपैयाँ तथा मेडल हात पारे । खेलको पहिलो हाफमा दुबै टिमले आआफ्नो तर्फबाट निक्कै दबाबमा रहेर खेलेको थियो भने दोस्रो हाफमा पनि दुवै टिमले खेल सुधारिएको प्रदर्शन गरेको थियो । गोल गर्ने दजनौँ मौका गुमाउँदा खेल ट्राईब्रेकरमा परिणत भएको थियो । प्रतियोगिता अन्तरगत वुधबार हुने खेलमा आयोजक धनकुटा फुटबल क्लव र सहलेस फुटबल क्लब सिराहाका बिच हुने आयोजकले जनाएको छ । 

दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । 

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।

  • Dhankutapress

थप