Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनशोभा राई स्मृति सेवा केन्द्र द्धारा छात्रावृद्धि तथा राहात वितरण

  •   ३ महिना अघि | २७ बैशाख २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले दशौं स्थापना दिवशको अवसर पारेर धनकुटा नगरपालिका क्षेत्रका विभिन्न वडाका २१ जना अशहाय एवं विपन्न परिवारका सदस्यलाई वुधवार राहात वितरण गरेको छ । 

माता तिर्थ औसी आमाको मुख हेर्ने दिनको अवसरमा पारेर सेवा केन्द्रले राहात तथा छात्रावृद्धि वितरण कार्यक्रमको आयोजना गरेको हो ।  

धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न राहात तथा छात्रावृद्धि वितरण कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.४,६,७, र ८ का विपन्न एवं असाशय २१ परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्रले राहात वितरण गरेको हो । विपन्न परिवारलाई सेवा केन्द्रको तर्फबाट संस्थाको स्थापना काल देखी नै हरेक वर्ष २५ केजी वरावरको १ वोरा चामल, १ लिटर खाने तेल, १ केजी नुन्, १ केजी दाल, १ लिटर जुस, १ पाकेट मसला, १ पाकेट चिया रंग, १ केजी चिनि समेत प्रदान गर्दै आएको छ । 

राहात धनपा ४ बाट २ जना, धनपा–६ बाट २ जना, वडा नं.७ बाट ३ जना र वडा नं.८ बाट १३ घर परिवारले पाएका छन् । त्यसैगरी नगर क्षेत्रका तिन वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४ जना विद्यार्थिहरुलाई छात्रावृद्धि समेत वितरण गरिएको छ । छात्रावृद्धि पाउनेहरुमा गोकुण्डेश्वर माध्यामिक विद्यालय धनकुटा–६ का संजिव कार्की,  गोकुण्डेश्वर वालन्दिर माध्यामिक विद्यालयका सतिष सुवेदी, त्रिवेणी माविका साधरण धार तर्फका विजयी वास्तोला र प्राविधिक धारतर्फका युगान्सु रिजाललाई जनही १५ सयको दरले नगद पुरस्कार प्रदान गरिएको छ ।

धनशोभा राई स्मृति सेवा केन्द्रका संरक्षक प्रकास राईले नगर क्षेत्रका गरिव तथा विपन्न वर्ग, असहाय परिवारको पहिचान गरि हरेक वर्ष धनकुटा नगरपालिकाका सवै वडामा राहात वितरण कार्यक्रम संचालन गर्दै आएको वताएका छन् । उनले वि.सं.१९६० सालमा खोटाङ जिल्लाको फाक्टाङ्ग–१ निवासी धनशोभा राईको वि.सं.२०४० सालमा स्वर्गारोहण भएका थिए । उनै धनशोभा राईको सम्झना विराटनगर निवासी आफ्ना परिवारजनबाट १० वर्ष अघि ७ लाख, ३ हजार वरावराको स्मृति कोष स्थापना गरेका थिए । सोहीबाट प्राप्त हुने मुनाफाबाट हरेक वर्ष राहात एवं छात्रावृत्ति वितरण कार्यक्रम संचालन हुँदै आएको छ ।

धनशोभा राई स्मृति केन्द्रका संरक्षक एवंम कुमारी राईको अध्यक्षतमा सम्पन्न राहात वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नम्वर प्रदेशका  अध्यक्ष सन्तवीर लामा, त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोखरेल, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष तारा तितुङ तामाङ, गोकुण्डेश्वर मावि धनकुटा–६ का प्रधानाध्यापक यज्ञ प्रकास चापागाँइ, स्थानिय शिक्षक यम वहादुर वस्नेत लगायतले राहात वितरण गरेका थिए । 

  • Dhankutapress

थप