धनकुटा प्रेस सम्वादाता
धनकुटा/राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको २७ औं बार्षिक साधरणसभा पुर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
चार सय १८ जना शेयर सदस्य रहेको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जीवन कट्टेल.ले आ.व.०८२÷०८३ को असार मसान्तसम्ममा सहकारीको वित्तिय कारोवार अन्तर्गत संस्थाको शेयर पुँजी साविक ६४ लाख, ३८ हजार रहेकोमा ३.३ प्रतिसतले वृद्धि भई ६६ लाख, ५१ हजार, ७ सय पुगेको जानकारी दिए । अध्यक्ष कट्टेलका अनुसार संस्थाको कुल निक्षेप वचत ४ करोड, २८ लाख, ५८ हजार, ६ सय, ७८, रहेकोमा ३ प्रतिसतले घटेर ४ करोड, १६ लाख, ९३ हजार, १ सय ८ रुपयाँ भएको छ भने ऋण लगानी ४ करोड, १० लाख, २१ हजार, ७ सय, २९ रहेकोमा १ सय १४ प्रतिसतले वृद्धि भई ४ करोड, ६८ लाख, ८० हजार, ९ सय ३७ पुगेको छ । त्यसैगरी जगेडा कोषमा ४७ लाख, ८७ हजार, १ सय ८२ रुपयाँ रहेकोमा ११ प्रतिसले बढेर ५३ लाख, १३ हजार, ८ सय, २६ रुपयाँ पुगेको छ । संस्थाको प्राथमिक पुँजीकोष अघिल्लो वर्ष १ करोड, १२ लाख, २५ हजार, ९ सय ८२ रहेकोमा ६.५८ प्रतिसतले वृद्धि भई १ करोड, १९ लाख, ६५ हजार, ५ सय, २६ रुपयाँ भएको छ । संस्थाको कुल आम्दामी भने ५२ लाख, ४० हजार, ९ सय, ७६ रहेकोमा ९.७ प्रतिसले वृद्धि भई ५७ लाख, ४८ हजार, ९ सय २८ रुपयाँ भएको छ भने कुल खर्च ३९ लाख, ६२ हजार, ८ सय, १० रहेकोमा १२.७ प्रतिसतले घटेर ३४ लाख, ५८ हजार, ५ सय २५ मात्र भएको छ । संस्थाको खुद आम्दामी साविक १८ लाख, ८६ हजार, ६ सय ७४ रुपयाँ रहेकोमा ४.८५ प्रतिसतले वृद्धि भई १९ लाख, २७ हजार, ९ सय, १० रुपयाँ भएको अध्यक्ष कट्टेलले बार्षिक प्रगती प्रतिवेदनमा उल्लेख गरेका छन् ।
अध्यक्ष कट्टेलले चालु आ.व.मा नीतिगत तथा अन्य व्यवस्था सुधारका प्रस्तावहरु वित्तिय नीतिहरु, संस्थाले दिने व्याजदर यथावत कायम राखिएको, सदस्यता विस्तार, सामाजिक कल्याण सम्वन्धि नीतिहरु, संचालन उपभोग खर्च, सहकारी शिक्षा, अन्य अन्तर सम्वन्ध, सहकारीको चुनौती र सुधार गर्नु पर्ने पक्षहरुलाई सविस्तार व्याख्या गरेका छन् । सहकारीको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तेजप्रसाद अधिकारीले प्रश्तुत् गरेका थिए ।
२७ औं साधरणसभाको उद्धघाटन सत्रमा सहकारीको जेष्ठ महिला सदस्य तर्फ सफला श्रेष्ठ, पुरुष सदस्य तर्फ बालकृष्णराज उदासलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । सहकारीले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई पनि नगद दोसल्ला, प्रमाणपत्र र १० कित्ता शेयरले सम्मान गरेको छ । जस अन्तर्गत उत्कृष्ठ शेयर सदस्य महिला तर्फ सृजना श्रेष्ठ, पुरुष शेयर सदस्य तर्फ नगेन्द्रमणी श्रेष्ठ, नियमित वचतमा पुरुष तर्फ चित्रकुमार सुवाल, महिला तर्फ तारा दाहाललाई पुरस्कृत गरिएको छ ।
ऐच्छिक बचत, ऋणको व्याज समयमा तिरेर उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरु पुरुष तर्फ उमाकान्त पौडेल, महिला तर्फ विनाकुमारी कट्टेल, वढी व्याज दिने महिला तर्फ टिका अधिकारी, पुरुष तर्फ कमलकुमार लामछिाने र सर्वोकृष्ट कारोवार गर्ने चन्द्रकला धमलालाई पनि पुरस्कृत गरिएको छ । त्यसैगरी शेयर सदस्यहरुका ०८२ को एसईइमा उत्कृष्ठ जिपिए ल्याउने छोराछोरीहरु मध्ये १ छात्र र १ छात्रालाई नगद सहित पुरस्कृत गरिएको छ । उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका अध्यक्ष जीवन कट्टेलको अध्यक्षतमा सम्पन्न २७ औं बार्षिक साधरणसभामा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, सहकारीका सल्लाहकार गोविन्द खत्री, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेदी, पुर्व केन्द्रिय सदस्य एवं धनकुटाका अध्यक्ष जयराम श्रेष्ठ, पुर्व अध्यक्ष ललितकुमार विक, राष्ट्रिय सहकारी वैंकका प्रतिनिधि प्रताप लिम्वू, सहकारीका उपाध्यक्ष भारती पोख्रेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव इन्द्र वहादुर पोख्रेलले गरेका थिए ।
- dhankutapress