Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई

  •   ४८ मिनेट अघि | १५ कार्तिक २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/पुर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले अबको राजनीति टाईसुट, कोटपेन्टमा नभएर भेष र हाफ्पेन्टमा अघि वढेको बताएका छन् । 

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको २७ औं बार्षिक साधरणसभाको उद्धघाटन सत्रलाई धनकुटामा सनिवार सम्वोधन गर्दै पुर्व मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि राईले नयाँ राजनीतिक दलका नेताहरुलाई व्यङ्गय गर्दै यस्तो बताएका हुन् । फागुन–२१ को निर्वाचनले राजनीतिमा क्रम भङ्ग भएको वताउँदै पुर्व मन्त्री राईले भने–‘हिजो नेपालको राजनीतिमा जुन अवस्था थियो, आज त्यो अवस्था छैन।‘ मन्त्री राईले ‘बाबुको च्यान खनेर, छोराको सालिक बनाउन हुदैन‘ भन्दै वर्तमान सरकारले ल्याउन लागेको संघीय निजामति कानून राष्ट्रसेवक कर्मचारीको सर्वोपरी हितमा हुनु पर्ने बताए । उनले आफ्नो पार्टीको सरकार हुँदा संघीय निजामति कानुन् ल्याउने गरि परिस्थिति नबनेको जिकिर गरे । उनले थपे–‘अहिलेको विषम परिस्थितिमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरु एक भएर अघि वढ्नु पर्छ ।’ सहकारीको साधरणसभा भनेको १ वर्ष भरीमा संस्थाले के कस्तो काम गर्यो भनेर सम्पूर्ण शेयर सदस्यहरुले मुल्याङ्गकन गर्ने दिन भएको मन्त्री राईले बताए । साधरणसभाको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले आफूले धनकुटा जिल्लामा रहेको ३ सय ५० भन्दा वढी सहकारी मध्ये राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. विधि र प्रक्रिया चलेको आफूले पाएको वताए । उनले सवै सहकारीहरु नीतिगत रुपमा नचलेका कारण दिनानुदिन वन्द हुँदै गएको बताए । अध्यक्ष सुवेदीले निजी वैंक तथा वित्तिय संस्थाहरुको कारण राज्यको निकायहरुबाट पनि सहकारी नीतिलाई खुम्च्याउन खोज्दा आम नगरिकले संचालन गरेको सहकारी संस्थाहरु बन्द हुने अवस्थामा पुगेको बताए ।‘ उनले धनकुटाको हुलाकटोलमा ६÷७ वर्ष अघि देखि संचालनमा रहेको समृद्ध नेपाल कृषि सहकारी संस्थाले जनताले गाँस काटेर जम्मा गरेको करोडौं रकम हिनामिना गरेको जिल्ला सहकारी संघमा उजुरी परेको बताए । उनले कृषि क्षेत्रमा कामै नगरी समृद्ध नेपाल कृषि सहकारीको नाम धनकुटाका जनताले आफ्नो गाँस काटेर बचत गरेको रकम हिनामिना गरेको उजुरी परेको र हाल सहकारी बन्द गरेर संचालकहरु फरार रहेको बताए । उनले सर्वसधरणले जम्मा गरेको रकम आज आएर जोखिममा पर्दा इमान्दार सहकारीहरुलाई मार्का पर्ने गरेको बताए । त्यसैगरी सहकारीका सल्लाहकार गोविन्द खत्रीले संगठनले कर्मचारी कल्याण्कोषको रुपमा स्थापना गरेर यो अवस्थासम्म ल्याई पुर्याउन सफल भएको बताए । कर्मचारीलाई आवश्याक परेको वेला ऋण लिन सहकारीले सजिलो भएको छ, तर, सरकारी स्थापना गर्दा पनि सरकार दुःख दियो अहिलेको सरकारले पनि सहकारीलाई दुःख दिइरहेको खत्रीले गुनासो गरे ।  नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेदीले सरकराले एकलौटी ढंगले ट्रेडयुनियन खारेज गरे पनि संगठन जिवित रहेको बताए । उनले भने–‘राष्ट्र निर्माण र आर्थिक विकासमा राष्ट्रसेवक कर्मचारीहरुको ठूलो योगदान रहेको छ, तर अहिले संगठनको केन्द्रिय कार्यालयमा ताला लागेको छ।’ सरकारले संस्थाको सम्पति जफत गर्न खोजेपनि अदालतको आदेशले रोकिएको छ, कर्मचारी त्रासमा छन्–सुवेदीले भने । उनले संस्था र सिङ्गो कर्मचारीको हकअधिकार पुनःस्थापित गर्न संगठनले आइएलओमा उजुरी हालेको बताए ।

  • dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप