Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने

आयोजकको लजास्पद हार

  •   २ वर्ष अघि | २८ बैशाख २०८१, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणमा विर्तामोड युनाईटेड युथ क्लब फाइनलमा प्रवेश गरेको छ । 

धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको दोश्रो सेमिफाइनल खेलमा आयोजक भीमनारयण स्मृति गोल्ड क्लव धनकुटालाई ०–३ गोलको फारकिलो अन्तरले पारजित गर्दै विर्तामोड युनाईटेड युथ क्लब फाइनलमा पुगेको हो । जितसंगै सनिवार हुने भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको फाईनल खेल विर्तामोड युनाईटेड युथ क्लब झापा र एपिएफको विभागीय फुटबल टिम विच उपाधीको लागि प्रतिष्पर्धा हुनेछ ।

सेमिफाईनल खेलको पहिलो हाफको ४३ औं मिनेटमा विर्तामोड युथ क्लवका जर्सी नं.५ का अनिस लिम्वूले आयोजक धनकुटा विरुद्ध १ गोल गरेर आफ्नो टिमको लागि अग्रता दिलाएका थिए । पहिलो हाफको ४६ औं मिनेटमा आयोजक टिमका किपर्ड प्रदिप भण्डारीले विर्तामोड युथ क्लवका जर्सी नं.९ का असिम चापागाँई टिम क्याप्टेनलाई डि वक्स भन्दा बाहिर लडाएपछि भण्डारीले रेडकार्ड पाएका थिए । 

त्यसैगरी प्रतियोगिताको दोश्रो हाफको २ मिनेट वित्न नपाउँदै पुनः विर्तामोड युथ क्लवका जर्सी नं.११ का अभिषेक गुरुङ्गले थप १ गोल गरेर आफ्नो टिमलाई २ गोल गरेर अग्रता दिलाएका थिए । दोश्रो हाफको २१ औं मिनेटमा आयोजक टिमका जर्सी नं.४ का सहायक क्याप्टेन पदम भट्टराईले आफ्नै पोलमा आत्मघाती गोल गरेपछि झापा सून्यको विरुद्ध ३ गोलको फराकिलो अन्तरले अग्रता लिएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच झापाका जर्सी नं.८ का मौसम लिम्वू घोषित भए । उनले नगद ५ हजार ५ रुपैयाँ हात पारे ।

दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको फाईनल खेल विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।

  • dhankutapress

थप