Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण

  •   ३ वर्ष अघि | २२ माघ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर धनकुटा शाखाले विरामीहरुलाई फलफूल वितरण गरेको छ । 

जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई २६ औं स्थापना दिवशको अवसर पारेर प्रेस चौतारी नेपाल धनकुटा शाखाले फलफूल वितरण गरेको हो । प्रदेश माननिय एवं नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई फलफूल वितरण गरिएको हो । 

सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेस समितिका अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष डण्डिकेशर कट्टेल लगायतले विरामीहरुलाई फलफूल वितरण गरेका थिए । 

  • Dhankutapress

थप