Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाल राष्ट्रिय इन्जिनियर संगठन (एनइओएन) कोशी प्रदेशको अध्यक्षमा अली

  •   २ वर्ष अघि | ४ जेष्ठ २०८१, शुक्रबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धरान/नेकपा (माओवादी केन्द्र) सम्बद्ध जनबार्गिय संगठनको रूपमा रहेको इन्जिनियरहरुको संगठन नेपाल राष्ट्रिय इन्जिनियर संगठन (एनइओएन) कोशी प्रदेशको प्रथम सम्मेलन पुर्वान्चाल इन्जिनियरिङ अध्ययन संस्थान, धरानमा शुक्रवार सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष क.हर्क नेम्बाङ (मिक्सो) को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा धरान उप महानगरपालिकाको उप–मेयर आइन्द्र बिक्रम बेघाको पनि उपस्थिति रहेको थियो । सम्पन्न प्रथम सम्मेलनबाट हरसत अलि नेपालको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन भएको छ ।

उक्त नव गठित समितिको उपाध्यक्षमा दुर्गा मण्डल र बिष्णु बुढाथोकी, सचिवमा संगीता पोखरेल, सह–सचिवमा प्रदिप लिम्बू र प्रदिप कोइराला साथै  कोषाध्यक्षमा अस्मिता राई चयन भएका छन् । कोशी प्रदेश भेला आयोजक समितिका सह–संयोजक सुरेन्द्र सुब्बाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

  • Dhankutapress

थप