Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा

  •   २ वर्ष अघि | २६ बैशाख २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/निक्कै घम्साघम्सी र कडा प्रतिष्पर्धाको विच सल्हेस युवा फुटबल क्लव सिराहालाई हराउँदै आयेजक टिम धनकुटा शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । 

वुधबार सम्पन्न खेलको दोश्रो हाफको २० औं मिनेटमा आयोजक टिमका जर्सी  १७ का वुद्ध चेम्जोङले हानेको कर्नर प्रहारलाई जर्सी नंं.१० का खमिर गिल्सन कन्दङ्गवाले  हेड मार्फत गोल गरेका थिए । कन्दङ्गवाको हेड मार्फत भएको गोलले सल्हेस युवा फुटबल क्लवलाई ० का विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । कन्दङ्गवाको हेड मार्फत भएको गोलले आयोजक टिमको तर्फबाट १ गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हाफको निर्धारित ४५ मिनेटमा कुनै पनि गोल हुन सकेन । 

खेलको दोश्रो हाफको १३ औँ मिनेटमा आयोजक टिमको डिवक्स भित्र फल्ट भए पछि सल्हेस युवा क्लवले पेनाल्टी पाएको थियो । सल्हेसका जर्सी नं.११ का फागुराम थारुले हानेको पेनाल्टी आयोजकाका गोल किपर प्रदिप भण्डारीले रोकेका थिए । 

खेलको म्यान अफ दि म्याच आयोजक धनकुटा फुटबल क्लवका गोलकिपर जर्सी नं.१८ का प्रदिप भण्डारी घोषित भए । उनले नगद ५ हजार ५ रुपैयाँ तथा मेडल हात पारे । खेलको पहिलो हाफमा दुबै टिमले आ–आफ्नो तर्फबाट निक्कै दबाबमा रहेर खेल खेलेका थिए । दोस्रो हाफमा पनि दुवै टिमले निक्कै कडा प्रतिष्पर्धा गरेका थिए । तर सल्हेसको तर्फबाट कुनै गोल हुन् सकेन । गोल गर्ने दजनौँ मौका गुमाउँदा सल्हेसले भीम नारयण गोलकपको प्रतिष्पर्धाबाट वाहिरीनु परेको थियो । 

प्रतियोगिता अन्तरगत बिहिबार हुने सेमिफाईनल खेल सशस्त्र प्रहरी बलको विभागिय टिम र राष्ट्रिय जागृति क्लब इटहरी विच हुने आयोजकले जनाएको छ ।  

दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । 

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।

  • Dhankutapress

थप