Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा पाँच दिने प्रदेशस्तरीय औद्योगीक प्रदर्शनी हुने

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि धनकुटामा पाँच दिने प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला तथा खाना महोत्सव हुनेभएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाले आज पत्रकार सम्मेलन गरी आगामी जेठ ९ गतेदेखि १३ गतेसम्म महोत्सव आयोजना गरिने जनाएको हो।

महासङ्घका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले महोत्सवमा साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनीका लागि ३० वटा स्टल रहने र तीन करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले धनकुटा नगरपालिका वडा नम्बर –६ स्थित औद्योगिक ग्राममा हुने महोत्सव यहाँ औद्योगिक ग्राम सञ्चालनको सम्भावना उजागर गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

यस्तै मेलाले कोशी प्रदेशअन्तर्गतका १४ जिल्लामा हुने घरेलु उत्पादनलाई बजारीकरण र प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको औद्योगिक ग्राम सञ्चालन समितिका संयोजक तिलक महतले बताए ।

  • Dhankutapress

थप