Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा

  •   ३ वर्ष अघि | २ फाल्गुन २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/प्रहरीले मध्य राती धनकुटाको भेडेटार चोकबाट इन्धन बोक्ने ट्याङ्गकरमा लुकिछिपी धरानतर्फ लाँदै गरेको ६ सय केजी गाँजा सहित ४ जना भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार प्रहरीले विशेष सुराकीको आधारमा साँगुरीगढी गाउँपालिका वडा नं.६ भेडेटार चोकबाट वुधवार राती को. १ ख. ७३२२ नम्बर ट्याङ्गकर  सहित उनीहरुलाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको ट्याङ्गकरको इन्धन राखिने भित्रि भागमा लुकाएर लाँदै गरेको अवस्थामा ६ सय केजी गाँजा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ परेको ४ जना भारतीय र चालकको नामभने सार्वजानिक गरेको छैन । उनीहरुलाई अपरान्ह ३.३० वजे जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ । इन्धन बोक्ने ट्याङ्गकर, र चालकलाई पनि प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएस्पी राजवावु मर्हजनले बताए । 

उनले पक्राउ परेको ४ जना भारतियको आफ्नो कुनै परिचयपत्र नभएकाले उनीहरुले भनेको नाम सहि नहुन सक्ने भन्दै नाम सार्वजानिक नगरिएको बताए । उनले गाँजा सहितको ट्याङ्गकर पक्राउ परेको बिषयमा कहाँबाट कसरी आएको हो भन्ने अनुशन्धान भैरहेको बताएका छन् । 

गाँजा धनकुटाको कुनै अज्ञात ठाउँबाट लोड भएको र दैनिक ५ हजार केजीकोदरले निकासी भैरहेको समचार स्रोतको दावी छ । सेटिङ्ग नमिलेका कारण वुधवार राती ट्याङ्गकरमा ६ सय केजी गाँजा लुकिछिपी लाँदै गर्दा प्रहरीले पक्राउ गरेको बताइएको छ । 

अझै धनकुटा जिल्लामा ६० हजार केजी भन्दा बढी विक्रिको लागि तयारी गाँजा भण्डारणमा रहेको स्रोतले दावी गरेको छ । पछिल्लो समयमा गाँगा तस्करले निजि नम्वरका गाडीहरु, विरामी बोक्ने एम्वुलेन्स हुँदै इन्धन बोक्ने ट्याङ्गकर समेत गाँजा सप्लाईमा प्रयोग गर्न थालेको पाइएको छ ।      

  • Dhankutapress

थप