Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणमा विभागिय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । 

धनकुटाको तल्लो टुँडिखेलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लबलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले हराउँदै एपीएफ क्लब काठमाडौँ उपाधि नजिक पुगेको हो । 

निर्धारित समयमा कुनै गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा एपीएफका सविन गुरुङ, सुमन श्रेष्ठ र युवराज खड्काले गोल गरे भने राष्ट्रिय जागृति फुटबल क्लबका लागि उमेश राई र कुलदिप कार्कीले गोल गरे। यस्तै जागृतिका सुमित चौधरी, प्रवेश दनुवार र मिलन राईको प्रहार एपीएफका गोल किपर एञ्जल श्रेष्ठले रोकेका थिए। यस्तै एपीएफका रिपेश धिमाल र विश्वास उदासको प्रहार जागृतिका गोल रक्षक विनय श्रेष्ठले बचाएका थिए । खेलको म्यान अफ द म्याच एपीएफका गोल रक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार ५ रुपैयाँ हात पारे।

एपीएफले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल विर्तामोड युनाइटेड क्लब झापा र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान बीच शुक्रबार हुनेछ । दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।


  • Dhankutapress

थप