Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने

राष्ट्रिय कलाकार छेवाङ्ग तेन्जिङ्ग हिले आउने

  •   ५ महिना अघि | ६ फाल्गुन २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता

धनकुटा/नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सनिवार वसेको नियमित वैठकले यस वर्षको २८६० डुक ल्हो (ड्रागन वर्ग) सोनाम ल्होछार नयाँ वर्ष  समापनको अवसर पारेर हिले वजारमा विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ । 

नेपाल तामाङ्ग घेदुङ संघीय समितिका सदस्य विष्णु मोक्तान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न घेदुङ धनकुटाको नियमित वैठकले यस वर्षको २८६० डुक ल्हो सोनाम ल्होछार नयाँ वर्षको औपचारिक समापन आगामी फागुण १२ गते हिलेमा गर्ने गरी मनाउने निर्णय गरेको हो । 

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिको आयोजना, तम्वा संघ नेपाल जिल्ला शाखा धनकुटा र म्हानिपा घेदुङ धनकुटाको सह–आयोजनामा ल्होछार विशेष सांगितिक कार्यक्रम सहित सम्पन्न हुने जिल्ला अध्यक्ष पेमाकुमारी लामाले बताईन । उनले ल्होछारको कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि राष्ट्रिय कलाकारहरु, चर्चित गायक तथां संगीतकार छेवाङ्ग तेन्जिङ लामा, धावा वाङ्गेल मोक्तान र गायीका योजम तामाङको तामाङ सेलोमा विशेष सांगितिक प्रश्तुति रहने लामाले वताईन । 

ल्होछार समापनको अवसरमा आयोजना हुने विशेष ल्होछार कार्यक्रममा हिले वजारमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने बताइएको छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि धनकुटाको सात वटै पालिका घेदुङको तर्फबाट उपस्थिति रहने अध्यक्ष लामाले बताईन । ल्होछार समापनको अवसरमा आयोजना हुने शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय अध्यक्ष एवं लोकत्तोर लोकवादी विचार अभियानको प्रवद्र्धक एवं पहिचानवादी नेता धनप्रसाद तामाङ रहने छन् । 

यस अघि नेपाल तामाङ नगर समिति धनकुटाले जिल्ला सदरमुकाम धनकुटा, उत्तरपानी ल्होछार आयोजक समितिले उत्तरपानी वजारमा, सान्ने घेदुङले सान्नेमा, महालक्ष्मीको मुर्तिढुङ्गा, छथरजोरपार्टीका नाम्जाङ्ग, तेलिया, चौविसेको कुरुलेतेनुपा, साँगुरीगढीको वुढीमोरङ र हिलेका यूवाहरुको सक्रियतामा हिलेमा वजारमा ल्होछार कार्यक्रम गएको माघ–२७ गते सनिवार सम्पन्न भै सकेको छ । वेलहरा घेदुङले भने फागुण–७ गते सोमवार सम्पन्न गर्दैछ । 

  • Dhankutapress

थप