Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भीमनारायण गोल्डकप : बिर्तामोड युनाइटेड क्लब झापा सेमीफाइनलमा

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा : विभिागिय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई हराउँदै बिर्तामोड युनाइटेड क्लब झापा शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । 

सोमबार सम्पन्न खेलमा विर्तामोड युनाइटेडले विभिागिय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई ० का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । 

खेलको ७६ औँ मिनेटमा विर्तामोडका निरज कार्कीले टिमलाई अग्रता दिलाउनु भएको थियो । सोही गोल खेलको निर्णायक गोल बनेको थियो। खेलको म्यान अफ त म्याच विर्तामोडका एन्जेल गुरुङ घोषित भए । उनले नगद ५ हजार ५ रुपैयाँ तथा मेडल हात पारे । खेलको पहिलो हाफमा निकै दबाबमा रहेको विर्तामोडले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। यस्तै गोल गर्ने दजनौँ मौका गुमाउँदा आर्मी पहिलो खेलबाट बाहिरिएको छ ।

यसअघि विभागिय टीम शसस्त्र प्रहरी बल एपिएफले चारतारे युथ क्लब मोरङलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । प्रतियोगिता अन्तरगत मंगलबार राष्ट्रिय जागृति क्लब सुनसरी र बुटबल लुम्बिनी फुटबल क्लब बुटबलका बिच हुने आयोजकले जनाएको छ ।  

दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । 

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।

  • Dhankutapress

थप