Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई

गाउँगाउँमा फुटवलको क्रेज वढ्दो

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको चौविसे गाउँपालिका वडा नं.२ त्रिवेणी खेल मैदान मुढेवासमा विहिवार सम्पन्न पाँचौं चौविसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीले हात पारेको छ । 

यहि माघ १ गते देखि आयोजना गरिएको प्रतियोगिताको फाईनल खेलमा वडा नं.६ राजारानी फुटवल टिमले वडा नं.१, ६ नम्वर वुधवारेलाइ ट्राईव्रेकरमा ३ को विरुद्ध ४ गोलले पराजित गर्दै उपाधी हात पारेको हो । उस्ले जितसंगै नगद ६५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता ६ नं. वुधवारेले नगद ३५ हजार, मेडल र प्रमाणपत्र हात पार्यो । माघे संक्रान्ति पर्वको अवसर पारेर आयोजना गरिएको फुटवल प्रतियोगिताको पुरुष तर्फको फाइनल खेलमा दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुट आउटबाट खेल खेलाइएको थियो । 

त्यसैगरी विहिवार सम्पन्न महिला तर्फको फुटवल प्रतियागिताको फाईनल खेलमा चौविसे–२ मुढेवासले वडा नं.५ वोधेको फुटवल टिमलाई १ गोलको विरुद्ध ३ गोल गरेर उपाधि चुमेको थियो । प्रतियोगिताको पहिलो हाफमा वडा नं.२ मुढेवासले १ गोल र दोश्रो हाफमा २ गोल गरी ३ अंकले प्रथम हुन सफल भएको थियो ।

त्यसै गरी प्रतियोगितामा दोश्रो भएको वडा नं.५ वोधेले भने दोश्रो हाफमा पेनाल्टी सुट आउटको माध्यामबाट १ गोल गर्न सफल भएको थियो । प्रतियोगितामा प्रथम हुने चौविसे गापा वडा नं.२ मुढेवास फुटवल टिमले आधा तोला सुन, मेडल, ट्रफी र प्रमाण पत्र हात पार्न सफल भए । प्रतियोगितामा उप विजेता वनेको वडा नं.५ वोधेको फुटवल टिमले भने चार आना सुन, मेडल, प्रमाणमा चित्त वुझाउनु प¥यो । 

प्रतियोगितामा विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश माननिय निरेन राइ, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमाया पाङ्गमी मगर, निवर्तमान अध्यक्ष खजिन्द्र राई उपाध्यक्ष यज्ञ कुमारी रुचाल, निमित्त प्रमुख प्रशासकिय अधिकृत सोभित तुम्वा लागायतले ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरेका थिए । 

पालिकाले गाउँगाउँ र वडा वडामा महिला तथा पूरुष फुटवल प्रतियोगिता आयोजना गर्न थालेपछि चौविसेमा फुटवलको क्रेज भने वढ्दो छ । चौविसे गाउँपालिका अन्तर्गत रहेको खेलकुद विकास समितिको आयोजना र वडा नं.२ मुढेवासमा रहेको त्रिवेणी यूवा क्लवको स्थानिय व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता चौविसे गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष धनवहादुर खजुमको अध्यक्षतामा सम्पन्न भएका थियो । सो कार्यक्रममा स्थानिय मगर समुदायले हुर्रानाच समेत प्रश्तुत् गरेका थिए भने कार्यक्रमको संचालन क्लवका सचिव नविन थापा मगरले गरेका थिए ।  

फोटो फिचर :

  • Dhankutapress

थप