Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

कुनै–कुनै पार्टीको जन्म नेकपा एमालेलाई हराउन–चेम्जोङ्ग

  •   ५ वर्ष अघि | २३ पुस २०७८, शुक्रबार

सन्तवीर लामा

धनकुटा–नेकपा एमाले १ नम्वर प्रदेश समितिका उपाध्यक्ष टिकाराम चेम्जोङले कुनै पार्र्टीको जन्म नेकपा एमालेलाई कसरी हराउने भन्नेमा रहेको बताएका छन् । 

नेकपा एमाले धनकुटाको सातौं जिल्ला अधिवेशनको उद्धघाटन सत्रलाई शुक्रवार धनकुटाको औधोगिक ग्राममा सम्वोधन गर्दै उपाध्यक्ष चेम्जोङले यस्तो बताएका हुन ।   

नेकपा एमलेको वेमानीको कारण देशमा राजनितिक समश्या आएको हैन भन्दै उपाध्यक्ष चेम्जोङले पार्टी भित्रैबाट अशहयोग भएपछि देशको लागी ओलीले राम्रो काम गर्दा समश्या आएको बताए । नेता चेम्जोङले नेकपा एमाले गम्भिर र संवेदनशिल भएर अघि वढ्नु पर्नेमा जोड दिएका छन् । किन भने आगामी निर्वाचनमा एमाले एक्लै अरुसंग लड्नु छ । के का लागी भन्दा देश र जनताको लागी चेम्जोङले भने । 

‘दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा, समाजवादको आधार निर्माण गरौ’ं भन्ने मुल नाराको साथ आयोजना गरिएको सातौं जिल्ला अधिवेशनमा नेता चेम्जोङ निक्कै गम्भिर मोडमा थिए । चेम्जोङले जितमा हौसिने बेला भएको छैन । हारहरु आउन सक्छन् । त्यसैले हामी समृद्ध नेपाल निर्माणमा जुट्नु पर्छ भन्दै आफ्ना सयौं कार्यकर्तालाई हौसला दिए । उनले नेकपा एमाले धनकुटाको सातौं जिल्ला अधिवेशन हालसम्म नभएको अधिवेशन र यस्तो अधिवेशन पछिल्ला दिनमा पनि कहिल्यै नहुने दावी गरे । उनले सातौ जिल्ला अधिवेशनको व्यवस्थापन उच्च रहेको र यो सामान्य जनताको भेला नभएको बताए । उनले पार्टीको जिल्ला नेतृत्वको सो अवसरमा प्रशंसा पनि गरे ।  


नेकपा एमाले धनकुटाको २ कार्यकाल पार्टी नेतृत्व सम्हाली सकेको चेम्जोङले निक्कै  गम्भिर मुद्रामा पार्टी संगठनको वारेमा आफ्ना विचारहरु राखी रहँदा सयौं कार्यकर्ताहरु र मञ्चमा विराजमान नेतागणहरु ध्यानकृत भएर सुनिरहेका थिए । उनले प्रदेश नं.१ को उपाध्यक्षको हैसियतले भने–सातौ जिल्ला अधिवेशनले धनकुटामा अर्थपूर्ण शन्देश दिनेछ । उद्धघाटन सत्रमा सहभागी सयौं प्रतिनिधिहरु माँझ चेम्जोङ्गले थपे–‘अधिवेशन पछि पार्टीमा उर्जा लिनुहोस, कसैले निराशा होईन, उत्साहाको साथ आफ्नो गाउँघरमा जानुहोस ।’ सो अवसरमा उनले सहभागी प्रतिनिधिहरुलाई असल र भरोषा गर्न लायक नेतृत्व चयन गर्न पनि सचेत गराए । उनले आफू त चौविसेको लिम्वुको छोरो परे, लाहुर नगई राजनिति गरेर यो अवस्थासम्म आए अव तपाईहरुको पालो भन्दै कार्यकर्तालाई हौसला समेत दिए । 


  • Dhankutapress

थप