Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण

  •   ३ वर्ष अघि | १ माघ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.१ हिलेमा आईतवार विभिन्न खेलकुद सामाग्रीहरु वितरण गरिएको छ ।

   नेपाली कांग्रेस धनकुटाका नेता तथा धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिल कुमार राईले धनकुटा नगरपालिकाबाट प्राप्त कार्यपालिका सदस्यहरुको लागी छुट्टयाईको सेवा सुविधाबाट विभिन्न खेलकुद सामाग्रीहरु धनपा–१ हिलेमा वितरण गरिएको  नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाङले बताए ।

धनकुटा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, धनकुटा नगर कार्यपालिका कार्यपालिका सदस्य दिल कुमार राई, नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष अमित लो तामाङ, नेपाली कांग्रेस वडा नं. १ का वडा सभापती विर वहादुर तितुङ लगायतले १३ वटा खेलकुद संघ–संस्थाहरुलाई विभिन्न किसिमका खेलकुद सामाग्रीहरु प्रदान गरेका हुन् ।

   हिले तेक्वान्दो डोजाङ्ग, हिले ब्याडमिन्टन क्लव, न्यूरोड व्याडमिन्टन क्लव, योङ्ग स्टार बोक्रे बरवोटे, हिले फुटवल क्लव, हिले भलिवल क्लव र हिले क्याम्पसका विद्याार्थी तथा खेलाडीहरुलाई करीव एक लाख भन्दा बढी मूल्यको विभिन्न खेलकुदका सामाग्रीहरु वितरण गरिएको नेपाली कांग्रेस हिलेका सभापती विर वहादुर तितुङले धनकुटा प्रेसलाई बताए । सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नं. १ का वडा सभापती एवं न्यूरोड हिले टोल विकास संस्थाका अध्यक्ष विर वहादुर तितुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Dhankutapress

थप