Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

आगामी बर्षको बजेटका लागी अर्थ मन्त्रि वर्षमान पुन समक्ष सुझाव पेश

  •   २ महिना अघि | ३ जेष्ठ २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता

काठमाण्डौं/नेपाल उद्योग बाणिज्य संघद्धारा काठमाण्डौमा आयोजित आर्थिक बर्ष ०८१÷०८२ को पूर्व बजेट सम्वन्धि माननीय अर्थ मन्त्री बर्षामान पुनःसंगको  अन्तरक्रिया कार्यक्रमा धनकुटा शाखाको तर्फबाट ६ बुदे सुझाव पत्र  वुधवार प्रस्तुत गरेका छन् ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आर्थिक बर्ष २०८१÷ ०८२ को  लागी प्रश्तुत् गरेको सुझावमा घरेलु तथा साना उद्योग दर्ता र नविकरण दस्तुर विगत दुई बर्ष अघि १० गुणा बृद्धी गरिएकोले त्यसलाई घटाई पहिलेकै दर कायम गर्न माग गरेका छन् । 

उनले महिला उद्यमीहरुलाई बिना धितो सहुलियत दरमा सहुलियत कर्जा उपलब्ध गराउदै आएकोमा हाल उक्त सहुलियत कर्जा बन्द गरिएकोले पुनः उक्त कर्जा वितरण गर्न शुरु  गर्न समेत  सुझाव दिएका छन् ।

  आर्थिक मन्दीका कारण व्यावसायीहरु संकटमा परेकोले व्यावसायिहरुलाई सहुलियत कर्जा, पुनरकर्जा र थपा कर्जा सहुलियत दरमा उपब्ध  गराउन सुझाव दिदै अध्यक्ष विजय सन्तोषी राईले कृषि र बनजन्य उद्योगी व्यावसायीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गारउन माग गरेका छन् ।  

धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट प्रस्तुत गरिएको उक्त सुझावमा आर्थिक संकटका कारण व्यावसायीहरुले लिएको ऋणको व्याज तथा किस्ता समयमा तिर्न नसक्दा बैक तथा वितिय संस्थाहरुले कालो सूचीमा राख्ने, लिलाम गरिदिने बैक खाता बन्द गरिदिने गर्दै आएकोले व्यावसायीहरु आत्महत्या गर्ने बाध्य भएकोले लिलाम गर्ने, कालो सूचीमा राख्ने र बैक खाता बन्द गर्ने कार्य तत्काल रोक्न व्यवस्था  गर्न भनिएको छ । त्यसैगरी स्थानीय उद्योगहरुलाई प्रोत्साहन गर्न स्थानीय स्तरमा उत्पादित वस्तु तथा समाग्रीहरुको अनिवार्य खरीद गरी प्रयोग गर्न व्यवस्था  गर्न समेत सुझाव दिएका छन् ।

 यसैगरी  तिन बर्ष भन्दा बढी बर्षहरुको  कर तिर्न बाकी रहेका उद्योगी व्यावसायीहरुको लगाी जति बर्ष कर तिन बाँकी भएपनि दुई बर्षको मात्र कर तिरेर व्यवसायी नविकरण गर्ने अवसर दिनु पर्ने माग गरिएको छ । अध्यक्ष राईले अर्थमन्त्रि बर्षामान पुनसंग अहिले लिईदै आएको भ्याट तथा कर दर  घटाउन आगामी बजेट ल्याउन समेत माग गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता भएको उक्त अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्रि बर्षामान पुनलाई महासंघका पदाधिकारहिरु, निर्वतमान अध्यक्ष, पूर्व अध्यक्षहरु, केन्द्रिय सदस्यहरु र विभिन्न जिल्ला तथा नगरका उद्योग बाणिज्य संघका अध्यक्षहरुले आगामी बर्ष २०८१÷२०८२ को बजेटमा समावेश गर्नका लागी विभिन्न सुझावहरु प्रस्तुत गरेका छन् ।

  • dhankutapress

थप