Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

टेम्पोले फेरिएको टीकाराजको जीवन

वर्षमा १४ लाख भन्दा वढी दुग्ध व्यवसायबाट कमाई

  •   २ वर्ष अघि | १२ पुस २०७८, सोमवार

सन्तवीर लामा

धनकुटा । धनकुटा नगरपालिका–६ खाल्डे घर भएका ३९ वर्षीय टीकाराज कार्कीको हिजोआज दिनचर्या फेरिएको छ । पहिले पहिले काँधमा दुईतिर भार लगाएर घरदेखि हिँडेर धनकुटा बजारसम्म साढे ५ किलोमिटर टाढा दूध बिक्री गर्न जाने टीकाराजको हिजोआज भने टेम्पोमा दूध लगेर बिक्री गर्न थालेपछि दिनचर्या फेरिएको हो ।

उनलाई धनकुटा नगरपालिका कार्यालयले आ.व.०७६/७७ मा पशु विकास प्रवद्र्धन कार्यक्रममार्फत् ५ लाख अनुदानमा टेम्पो उपलब्ध गराएको थियो । उनी डेढ घण्टा हिँडेर जाँदा मात्र पुगिने धनकुटा बजारमा टेम्पोमार्फत् अहिले १५ मिनेटमा पुग्छन् ।

धनकुटा नगरपालिकाले दुग्ध व्यवसायलाई दिगो र व्यावसायिक बनाउन टेम्पोमात्र दिएन, गाई प्रवद्र्धन कार्यक्रममार्फत् ७५ प्रतिशत अनुदानमा २ वटा १–१ लाख मूल्य पर्ने उन्नत जातका गाईसमेत उपलब्ध गराएको थियो । कार्कीले २०७३ सालमा माईदेवी कृषि फर्म दर्ता गरी ३ वटा गाईबाट व्यवसाय सुरु गरेका थिए ।

नगरले आ.व. ०७६/७७ मा ५ लाख अनुदान र आफ्नो ५० हजार लगानीमा उनले एउटा टेम्पो खरिद गरे । नगरले २ वटा गाई पनि उपलब्ध गराएको थियो । अहिले उनलाई पैसा कमाउन आफ्नै गाउँघरमा भ्याई नभ्याई छ । अहिले गोठमा ९ वटा गाईले नियमित दूध दिने गरेका छन् भने लैनो हुन लागेका ८ वटा गाई छन् ।

एउटा गाईले १५ लिटरदेखि ३५ लिटरसम्म दूध दिने गरेको छ । उनले एक जना सहयोगी राखेका छन् । जसलाई मासिक २० हजार रुपैयाँ दिन्छन् । पत्नी देवी कार्कीले पनि साथ दिने गरेकी छन् । २०८० सम्म ५० वटा लैनो गाई पु¥याउने लक्ष्य राखेका छन् । उनले आफै दुग्ध उद्योग स्थापना गरेर दूधका परिकारहरू चिज, मक्खन, घिउ, छुर्पी, पनिर बनाउने सपना पालेका छन् ।   

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ स्वयम् बेला–बेलामा आएर आफ्नो गाई फर्मको अनुगमन गर्ने, सुझाव सल्लाह दिने गरेकोेले आफूलाई सबैभन्दा बढी हौसला बढेको छ । पशु विकास प्रवद्र्धन कार्यक्रममार्फत् ५ लाख अनुदानमा टेम्पो र गाई प्रवद्र्धन कार्यक्रममार्फत् ७५ प्रतिशत अनुदानमा गाई उपलब्ध गराएको नगर प्रमुख चिन्तन तामाङले बताए । उनले धनकुटा नगरको समृद्धि र विकासको लागि पौरखी किसानलाई पेशा र व्यवसाय हेरी जतिसक्दो अनुदान दिँदै आएको र आगामी दिनमा पनि दिँदै जाने बताएका छन् ।

२०५७ सालदेखि ०६१ सालसम्म टीकाराजले जिल्ला निर्वाचन कार्यालय धनकुटामा कार्यालय सहयोगीको रूपमा पनि काम गरेका थिए । तर, कार्यालय सहयोगी भएर सरकारी नोकरी गर्दा पैसा कमाउन नसकेपछि कार्की रोजगारीको सिलसिलामा ०६२ सालमा मलेसिया गए । मलेसियामा पनि भनेजस्तो कमाइ नभएपछि १ वर्षपछि फेरि नेपालमै फर्किए ।

नेपाल फर्किएर फेरि ०६३/६४ सालमा कार्कीले आफ्नो नाममा धनकुटा नगरपालिका वडा नं.६ खाल्डेमा रहेको ४५ रोपनी घरजग्गा धरौटी राखेर १३ लाख रुपैयाँ ऋण लिएर फेरि इराक गए । इराकमा गएर २ वर्ष काम गरेपछि पुनः अफगानिस्तान गएर ५ वर्ष काम गरेका थिए ।

यसरी इराक र अफगानिस्तानमा गरी जम्मा ७ वर्ष काम गरेर ४५ लाख रुपैयाँ त्यो बेला कमाएको कार्कीले बताए । त्यहाँबाट फर्किएपछि उनले छिमेकी काका उद्धव वाग्लेको सहयोगमा सुरुमा इलामबाट उन्नत जातका जर्सी र होलस्टेन गाई ४८ हजार ८ सय ७५ हजार रुपैयाँ प्रतिगोटाको ३ वटा गाई खरिद गरेर गाईपालन व्यवसाय सुरु गरेको कार्कीले दैनिक १ सय २० लिटर दूध उत्पादन गर्ने गरेका छन् ।

हरेक दिन कार्कीले १ सय २० लिटरभन्दा बढी दूध बिक्रीबाट दैनिक ७ हजार २ सय रुपैयाँ कमाउँछन् भने मासिक रूपमा २ लाख १६ हजार कमाउने गरेको बताए । उनले मासिक रूपमा गाईपालनमा घाँस, औषधि उपचार, दाना, भिटामिन, कामदारलाई तलब र अन्य खर्च पनि हुने गरेको बताए । मासिक कुल १ लाख ५५ हजार खर्च हुने गरेको बताए ।    

गाईपालनसँगै कार्कीले आफ्नो ४५ रोपनी बारीमा लगाएको घाँसले अपुग भएपछि ६५ रोपनी बारी थप गरेर हाल १ सय १० रोपनी क्षेत्रफलमा गाईलाई आवश्यक पर्ने विभिन्न प्रजातिका घाँस लगाएका छन् । अहिले १ छोरा, १ छोरी र श्रीमतीसँगै बसेर उनले गाईपालन व्यवसाय गरिरहेका छन् ।

टीकाराजलाई जस्तै धनकुटा नगरपालिकाले आ.व.०७७/७८ मा दुग्ध उत्पादक कृषकहरूलाई आफूले घरमा उत्पादन गरेको दूध सहज ढङ्गले बजारसम्म पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले धनपा–६ कै मोहन कार्कीको लक्ष्मी कृषि फर्म र ओम बस्नेतको भीमसेन एग्रो फर्म, धनपा–३ का दुग्ध व्यवसायी निलबहादुर कार्कीलाई टेम्पो उपलब्ध गराएको आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए ।

  • selokhabar.com

थप