Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न

  •   २ महिना अघि | १० जेष्ठ २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/२५६८ औं वुद्ध जयन्ती विहिवार धनकुटाको हिले वजार लगायत जिल्लाको भिन्न÷भिन्न स्थानमा विविध कार्यक्रमको साथ मनाईएको छ ।  

हिमाली वौद्ध पाठशाला, थुप्तेन देक्षेन छ्योलिङ्ग गुम्वा हिलेको आयोजनमा सम्पन्न २५६८ औं वुद्ध जयन्तीको अवसरमा भारतको सिक्मिबाट आउनु भएका आठौं औतारी वौद्ध धर्मका गुरु टुल्कु ठिन्ले सिङ्गमे रिन्पार्छेले मलमपाठ गरी (वाङ्ग) आशिर्वाद र अमृतमय वुद्धवचन भक्तजनहरुलाई प्रदान गरेका थिए ।

गएको जेष्ठ ७ गते देखी शुरु भएको कार्यक्रममा पहिलो दिन धर्मगुरुलाई पुजा विधिबाट स्वागत कार्यक्रम, ८ गते विहान मानिस चोला कस्तो हो भन्ने विषयमा खेन्पो छेवे साङ्गवोबाट धार्मिक प्रवचन दिएका थिए । त्यसैगरी ८ गते दिउँसो औतारी रिन्पार्छेबाट ङोन्डोको ल्हुङ्ग महाशान्ती सम्वन्धि (आगाम ठि) को बारेमा प्रवचन दिएका थिए । सो अवसरमा धर्मगुरुले वौद्ध परम्परा अनुसार धर्म, संस्कार, संस्कृति कसरी पालना गर्ने, ध्यान साधना कसरी गर्ने भन्ने प्रवचन दिएका थिए । त्यसैगरी जेष्ठ ९ गते विहान धर्म प्रवचन र दिउँसो १ वजे देखि कसरी पाप कटाउने भनेर वज्रसत्वको वाङ्ग (अभिसेक) प्रदान गरेका थिए । त्यसैगरी विहिवार विहान गणचक्र (छोक्) पुजा र दिउँसो देखी धार्मिक प्रवचन साथै छेवाङ्ग (आयु अभिशेक) औतारी धर्मगुरु रिन्पोर्छेबाट प्रदान गरेको गुम्वाका प्रमुख लामा गुरु फूर्वा छिरिङ लामाले बताए । सो अवसरमा हरेक दिन गुम्वामा १ हजार ८ शान्तिद्धिप प्रज्वलन गर्नु साथै शान्तीपाठ गरिएको थियो । 

आठौं औतारी धर्मगुरु टुल्कु ठिन्ले रिन्पार्छेबाट वाङ्ग अभिशेक :

आठौं औतारी धर्म गुरु टुल्कु ठिन्ले सिङ्गमे रिन्पार्छेको प्रमुख आतिथ्यमा १७ जना वौद्धधर्मका लामा गुरुहरुले गुम्वामा मलमपाठ, वाङ्ग अभिशेक गरेर संसारभरको प्राणी जगतको आत्माशान्तिको लागि द्धिप प्रज्वलन गरेका थिए । सो अवसरमा हिले वजारमा वृहत शान्ति ¥याली निकालिएको थियो । र्यालीको संयोजन भने नेपाल मगर संघ जिल्ला समिति धनकुटाले गरेको थियो । त्यसैगरी पटेक डाडाँडा वुद्ध विहार गुराँसे डाडाँ, नेपाल मगर वौद्ध सेवा समाजले पनि रयालीमा सहभागिता जनाएका थिए ।

हिले सिरानबाट शुरु भएको र्याली हिले बजारको न्यूरोड, सिरान वजार, विच वजार, तोङ्गवा चोक परिक्रमा गरेर पुनः वुद्ध चोकमा पुगेर समापन भएको पटेकस्यार वौद्ध विहारका अध्यक्ष प्रेम दर्लामीले बताए । साथमा नेपालको झण्डा, विश्व वौद्ध संघको झण्डा सहित शान्तिको कामना गरिएको शन्देशमुलक ब्यानरहरु र शान्तिको कामना गर्दै शान्ति प्रिय नाराहरु लगाउँदै लाम्वद्ध भएर सहभागीहरु शान्ति ¥यालीमा सहभागी भएका थिए । 

पट्याकसार वुद्ध विहारको भगवान वुद्धको मुर्तिलाई धर्मगुरुबाट प्राणप्रतिष्ठा :

सो अवसरमा आठौं औतारी धर्म गुरु टुल्कु ठिन्ले सिङ्गमे रिन्पार्छेबाट पट्याकसार वुद्ध विहार गराँसे डाँडामा प्रस्थिापन गर्नको लागि ल्याइएको वुद्धमुर्तिको प्राण प्रतिष्ठा गरिएको छ । नेपाल मगर संघ जिल्ला समिति धनकुटा, नेपाल मगर वौद्ध सेवा समाज  धनकुटा र पट्याकसार वुद्ध विहारले धनकुटा–१ गुराँसेले संयुक्त रुपमा खरिद गरी ल्याएको वुद्धको मुर्तिको वुद्धजयन्तीको अवसरमा धर्म गुरु आठौं औतारीबाट प्राणप्रतिष्ठा गरिएको हो ।

सो अवसरमा हिमाली वौद्ध पाठशाला थुप्तेन देक्षेन छयोलिङ्ग गुम्वा व्यवस्थापन समितिका अध्यक्ष पेमाकुमारी लामा, नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा तामाङ, पुर्व सचिव सन्तवीर मोक्तान तामाङ, निवर्तमान सह–सचिव धनवहादुर मोक्तान, तम्वा संघ धनकुाटका अध्यक्ष हरिला मोक्तान, जिल्ला सदस्य दिल वहादुर घिसिङ, तम्वा गंगावहादुर तामाङ, समाजसेवी धिरेन थिङ, मजदुर नेता सिंहवहादु तितुङ, ह्रिन्छेन छ्योलिङ गुम्वा धनकुटा–४ का अध्यक्ष राधादेवी तामाङ, नगर घेदुङका उपाध्यक्ष नेत्र कुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो ।

यो वर्ष वेदका हजारौं ठेली काँधमा वोकर वजार परिक्रमा गरिएन :

त्यसैगरी हिले वजारमा रहेको उर्गेन नम्डो छ्योलिङ वौद्ध गुम्वामा पनि दिप प्रज्वलन गर्नुको गुम्वामा भेला भएका वौद्धमार्गीहरुले वौद्ध धर्म दर्शन अनुसार प्रमुख लामागुरु दोर्जे उक्यापबाट वाङ्ग अभिशेक ग्रहण गरेका थिए । अघिल्लो वर्षहरुमा वुद्ध जयन्तीको दिन भक्तजनहरुले वेदका हजारौं ठेली काँधमा वोकेर लामागुरुहरुले मलम पाठ गर्दै हिले वजारको विभिन्न भागको परिक्रमा गर्ने गरिएको थियो । आठौं औतारी धर्मगुरुको गुम्वामा आगमन भएकाले वेदको ठेली वोकर बजार परिक्रमा नगरिएको नेपाल तामाङ घेदुङ संघीय समितिका पुर्व अध्यक्ष लालचन्द्र गोङ्गवाले बताए । 

त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.९ को उत्तरपानी धर्मशालामा रहेको साङ्गे लुईच्यान थाम्जे छ्योलिङ्ग गुम्वा, सिधुवा वजारमा रहेको फुर्चिलिङ्ग गुम्वा, धनकुटा–४ मा रहेको ह्रिन्छेन छ्योलिङ्ग वौद्ध गुम्वा, साँगुरीगढी गाउँपालिका वडा नं.१ दानावारी तामाङ टोल र साल्वोटेमा रहेको ह्यारगेन छिरिङ्ग छोप्पा गुम्वा, पाख्रीवास नगरपालिका वडा नं.५ घोर्लिखर्कमा रहेको वौद्ध गुम्वा डिकुरे डाँडा र पाख्रीवास वजारमा रहेको तमु वौद्ध गुम्वामा पनि शान्तिद्धिप प्रज्वलन गरि वौद्धमार्गीहरुले भगवान वुद्धको जन्म दिनको अवसर पारेर शान्तिको कामना गरेका छन् ।  

  • Dhankutapress

थप