Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न

  •   २ वर्ष अघि | २७ असार २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/नेपाली सेनाको भीमदल गणले संचालन गरेको सि.सं.३ सैन्य आधार तालिमको दिक्षान्त समारोह वुधवार सम्पन्न भएको छ । 

भीमदल गण सल्लेरी ब्यारेक धनकुटामा ०८० भाद्र ३ गते देखि करिव ९ महिनासम्म सैन्य आधार तालिम संचालन भएको थियो । दिक्षान्त समारोह श्री नं.२ बाहिनी अड्डाका सहायक बाहिनी पति महासेनानी सन्तोष कार्कीको प्रमुख आतिथ्मा सम्पन्न भएको हो । 

तालिममा सहभागी शिक्षार्थि सैन्यद्धारा प्रदर्शन भएको अन्तिम दलेल कवाजको सहायक वाहिनी पति कार्कीले निरिक्षण गरेका थिए । सो अवसरमा सहायक वाहिनी पति कार्कीले ९ महिने तालिमबाट दिक्षित भएका १ सय जना सैन्य शिक्षार्थीहरुलाई नेपाली सेनामा उज्वल भविश्यको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सैन्य आधार तालिममा सहभागीहरु मध्ये इलाम घर भएका सैन्य अमृत गुरुङ्ग प्रथम भएका थिए । नौ महिना लामो सैन्य आधार तालिममा शिक्षार्थि जवानहरुले सैनिक पेशागत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेको भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले बताए । 

दिक्षान्त समारोहमा जिल्ला समन्वय समिति धनकुटाका उप–प्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी पून्य विक्रम पौडेल लगायत सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, शिक्षार्थि सैन्यहरुको परिवारहरुको उपस्थिति रहेको थियो ।     

 

  • dhankutapress

थप