Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती

  •   २ महिना अघि | ८ जेष्ठ २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/सहभागितामूलक सामाजिक लोकतन्त्र र पहिचानको आन्दोलनलाई बलियो बनाउन नेपालमा पछिल्लो समयमा पहिचानवादी मोर्चा गठन गर्नु परेको बताएका छन् । 

पहिचानवादी मोर्चा केन्द्रिय समितिको आयोजनामा सोमवार धनकुटामा सम्पन्न पत्रकार सम्मेलनमा स्थानिय पत्रकारहरुसंग कुराकानी गर्दै मोर्चाका केन्द्रिय अध्यक्ष डा.महेन्द्र लावतीले यस्तो बताएका हुन् । उनले पत्रकार सम्मेलनमा मोर्चाको अवधारणा, सिद्धान्तहरु, कार्यनीति र भावी कार्यदिशाको बारेमा खुलेर छलफल चलाएका थिए । 

पत्रकारहरुसंग कुराकानी गर्दै मोर्चाका केन्द्रिय अध्यक्ष डा.लावतीले २ वटा राजनीतिक अवधारणालाई जनतामाँझ अघि सारेका छन् । डा. लावतीले–‘देशमा वहुसाँस्कृतिकवाद भित्र स्वशासन, स्वयत्तता र सहभागितामूलक सामाजिक लोकतन्त्रलाई नयाँ अवधारणाको रुपमा अघि सारेका छन् ।’ उनले भनेका छन्–‘सामाजिक लोकतान्त्रिक राज्य व्यवस्थामा नागरिकले वढी भन्दा वढी अधिकार पाउँने छन् ।’ जस्तो यूरोपियन देशहरु स्वीजरलेण्ड, नर्वे, स्वीडेन जस्ता दर्जर्नौ देशलाई उदाहरणको रुपमा लिन सकिने डा.लावतीले प्रष्ट पारे ।

 भ्रष्टचार निर्मुल पार्न मोर्चा गठन :

डा.लावतीले नेपालमा भ्रष्टचार अत्याधिक मात्रमा बढेकाले पनि भ्रष्टचार निर्मुल पार्नको लागि मोर्चा खडा गर्नु परेको स्पष्ट पारेका छन् । अर्को राज्य संचालनमा समानुपातिक प्रतिनिधित्व र समानुपातिक स्रोत साधनको न्यायोचित ढंगले वितरण नभएको कारण पहिचानवादी मोर्चा गठन गर्नु परेको थप स्पष्ट डा.लावतीले पारेका छन् । 

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि ‘नेपाली समाज वहुजातिय छ, देशमा शासन व्यवस्था भने जहिले पनि एकलजातिय राज्य व्यवस्थामार्फत विभेद गरिरहेको कारण दिगो विकास, शान्ति अमनचयन कायम हुन् नसकेको डा.लावतीले ठोकुवा गरे ।’ पत्रकारहरुको जिज्ञासा मेटाउँदै डा.लावतीले भने–‘देशमा दलिय समश्या देखिएको छ, दलका अध्यक्ष आफै छोटे राजा हुन पुग्नु, पार्टी कार्यकर्तामुखी बनाउनु आदि कारणले गर्दा यस्ता खाले अराजक र बेथितिको भण्डाफोर गर्न मोर्चा गठन गर्नु परेको हो ।’ 

०८४ को निर्वाचनमा पहिचानवादीहरुको देशव्यापी रुपमा साझा चुनाब चिन्ह हुने :

अबको दिनमा मोर्चा कसरी अघि वढ्छ त भन्ने पत्रकारहरुको जिज्ञासामा डा.लावतीले भने–‘प्रदेश १ मा ‘कोशी’ नाम खारेजीको आन्दोलनमा ४२ वटा घटकहरु क्रियाशिल रहेकोमा अब त्यसमा मोर्चा १ थपिएर ४३ वटा घटक भएको छ ।’ जिल्ला जिल्लामा पहिचानको आन्दोलनमा लागेकाहरु मोर्चामा आवद्ध हुने दावी गर्दै डा.लावतीले भने–‘देशव्यापी रुमा पहिचानवादीहरु एकै थलोमा उभिएर ०८४ को निर्वाचनमा निर्बाचन आयोगमा दल दर्ता गरेर एउटै चुनाब चिन्हमा ढ्वाङ्ग थापिनेछ ।’ 

उनले भने–‘मोर्चामा एमाले, कांग्रेस, माओवादी, जसपाका नेता कार्यकर्ताहरु आउने क्रम वढीरहेको छ, यो स्वागत योग्य कुरा हो । सवैलाई समेटेर समानन्तर रुपमा मोर्चामा पार्टीको जिम्मेवारी दिएर लगिनेछ ।’ डा.लावतीले भने–‘मिसन ०८४ मा जस्को कारण देशभर प्राविधिक रुपमा पहिचानवादीहरुको साझा एउटै चुनाव चिन्हमा ढ्वाङ्ग थाप्न सकियोस । त्यसो भयो भने मात्र देशव्यापी रुपमा पहिचानवादी मोर्चा बलियो हुने दावी डा.लावतीको छ । 

मोर्चा गठनले पहिचानको आन्दोलन झन बलियो भएको दावी : 

उनले पहिचानको आन्दोलन कम्जोर भएको होकि भन्ने पछिल्लो समयमा कोहि कसैलाई लागेको छ भने त्यो भ्रम मात्र हुने बताएका छन् । ‘हालै, सम्पन्न भएको इलामको उप–निर्वाचनमा २ हप्ताको चुनाब प्रचारप्रसारमा पहिचानवादीहरुले ल्याएको भारीमतले पहिचानवदाीहरु घटेका छन् कि वढेका छन् भनेर आफै आंकलन गर्न सकिन्छ’–डा.लावतीले भने । तसर्थः उनले भने–‘पहिचानको आन्दोलन घटेको छैन, निरन्तर अघि वढीरहेको छ, सडक आन्दोलन मात्र हैन, राज्यमा धक्का दिन पनि सक्छौं, मोर्चा बलियो बनाउन सबै एकै ठाउँमा आउनुपर्छ ।’

पत्रकार सम्मेलनमा पहिचावादी अग्रज वरिष्ठ पत्रकार भवानी बरालले पत्रकार सम्मेलनको औचित्य माथि प्रष्ट पारेका थिए । सो अवसरमा मोर्चाको केन्द्रिय सदस्यहरु असिम पालुङ्गवा, चन्द्र मादेन, खगेन्द्र माखिम् लगायतको उपस्थिति रहेको थियो । साथै, स्थानियहरुमा कोशी नाम खारेज संघर्ष समिति धनकुटाका संयोजक संजयसन्तोषी राई, सदस्यहरु जितेन्द्र माम्पाङ्ग, आकाश राई, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबू श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा लगायत स्थानिय पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।   

  • dhankutapress

थप