पञ्चमाया तामाङ
धनकुटा/धनकुटामा गत छ महिनाको अवधिमा ५६ वटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको पाइएको छ ।
बिहिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानवअधिकार वर्षपुस्तकका लागि ६ महिना संकलन गरेर आयोजना गरेको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
कार्यक्रममा इन्सेकले जनवरी देखि हालसम्मको अवधिमा मानव अधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरीएको थियो । जसमा एक जनाको हत्या, दुईजनाको हत्याको प्रयास, तिन महिला र पाँचजना बालबालिका बलात्कृत, एक महिलाको बलात्कृत पछि हत्या, दुई बालबालिका माथि यौन दव्र्यवहार, एक जनामा जातिय विभेद, दुईजना आत्माहत्या दुरुत्साहन र ३९ जना घरेलु हिंसामा पीडित भएको तथ्याङ्क संकलन गरिएको इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाले जानकारी दिए ।
त्यस्तै यस अर्धवार्षिक घटनाको तथ्याङ्क हेर्दा गत वर्ष भन्दा यो वर्ष अझै मानव अधिकार उल्लंघनका घटनामा वृद्धि हुने देखिएको थापाले बताए । सन् २०२३ मा धनकुटामा एक सय घटनामा १ सय ३ जना पीडित रहेको भएपनि सन् २०२४ को पहिलो ६ महिनामै ५६ जना पीडित भएको इन्सेकले प्रतिबेदनमा उल्लेख गरेको छ ।
कार्यक्रममा बोल्दै प्रखुम जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जिल्लामा भएका मानव अधिकार उल्लघंनका बढ्दै गएको पाइएकाले आगामी दिनमा यस्ता घटना न्यूनिकरणमा लागिपर्ने बताए । उनले भने कुनकुुन विधि र कसरी प्रचारप्रसार गरेर मानव अधिकारका घटना न्युनिकरण गर्न सकिन्छ सवैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । त्यस्तै जिल्ला प्रशासन कार्यालयले धनकुटाका सबै सुरक्षा निकाय र स्थानिय तहहरु सँग छलफल गरी सचेतना मूलक कार्यक्रम गरी रहेको समेत बताए ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले धनकुटामा घटना बढ्दै गईरहेकाले मानव अधिकार उल्लंघनका घटनालाई मध्य नजर गर्दै न्युनिकरणका लागी आफ्नो तर्फबाट लागि पर्ने बताए । उनले कुन तरिकाले सहजिकरण गर्न सकिन्छ त्यसरी अगाडी बढ्न साथ सहयोग समेत गर्ने बताए ।
- dhankutapress