Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

तामाङ चलचित्र संघको प्रदेश नं.१ मा शाखा विस्तार

  •   २ वर्ष अघि | ३१ असार २०८१, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धरान/तामाङ चलचित्र संघको कोशी प्रदेश शाखाका पदाधीकारीहरुले पद तथा गोपणियताको सपथ ग्रहण गरेका छन ।

तामाङ चलचित्र संघको कोशी प्रदेश शाखाका पदाधीकारीहरुले पद तथा गोपणियताको सपथ ग्रहण गरेका छन । गत फागुनमा चलचित्र निर्देशक तथा निर्माता भिम लामाको अध्यक्षतामा गठन भएको कोशी प्रदेश शाखालाई चार महिना पछी पूर्णता दिदै सम्पूर्ण पदाधीकारीहरुलाई सपथ ग्रहण गराइएको हो । शनिबार धरान ८ स्थित तामाङ घेदुङ संघको जिल्ला कार्यसमितीको सभाहलमा एक कार्यक्रम आयोजनागरी तामाङ चलचित्र संघ केन्द्रिय कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी दिपक लामाले पदाधीकारीहरुलाई सपथ ग्रहण गराएका हुन । संघको कोशी प्रदेश शाखामा अध्यक्ष भिम लामा, प्रथम उपाध्यक्ष अनुप योन्जन, दोस्रो उपाध्यक्ष मोहन लोप्चन, महासचिब शान्ती पाख्रीन, कोषाध्यक्ष स्‍मृति तामाङ र सदस्यहरुमा बुद्दीमान तामाङ, रामजी तामाङ, मङ्गल सिंह तामाङ, मान सिंह तामाङ, र हस्त पाख्रीन रहेका छन भने बाकी सदस्य समितीको पहिलो बैठक बसेर मनोनयन गर्ने अध्यक्ष भिम लामाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी तामाङ चलचित्र संघ केन्द्रिय कार्यवाहक अध्यक्ष दिपक लामाले तामाङ चलचित्र को बजार बिस्तार गर्नको लागी केन्द्रले ७ ओटै प्रदेश , ७७ ओटै जिल्ला र पालिकाहरुमा पनि शाखा बिस्तार गर्ने योजना रहेको हुनाले कोशी प्रदेशले यथाशाक्य कोशी प्रदेशका १४ ओटै जिल्लामा शाखा बिस्तार गर्न निर्देशन दिए । उनले तामाङ चलचित्रमा तामाङ्को संस्कृति संस्कार को बारेमा बताउने भएकोले कुनै धेरै अध्ययन अनुसन्धान गरेर तामाङ चलचित्र निर्माण गर्नु पर्ने आवश्यकता औल्याए । साथै आफु केन्द्रको कार्यवाहक अध्यक्षको हैसियतमा आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा पुरा गर्ने प्रातिवद्द्त्ता समेत व्यक्त्त गरे ।

कार्यक्रमका बिशिष्ट अतिथी नेपाल तामाङ घेदुङ संघका अध्यक्ष, रेखा बहादुर तामाङले तामाङ भाषाको चलचित्र निर्माण गर्दा तामाङ भाषाको राम्रो ज्ञान हुन जरुरी रहेको बताए । तामाङ् चलचित्रले देश बिदेशमा रहेका तामाङहरुलाई जोडने भएकाले, तामाङ्को संस्कृति संस्कार को बारेमा गहिरो अध्यन गर्न सुझाव दिए । उनले कुनै प्रान्तको तामाङको मात्र हैन बिश्वकै तामाङको प्रतिनिधित्व गर्ने खालको चलचित्र निर्माण भए नेपाल तामाङ घेदुङ संघको साथ रहने बताए ।

कार्यक्रमका अर्का बिशिष्ट अतिथी नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानले नवगठित समितीलाई बधाई र शुभकामना दिए । उनले तामाङ चलचित्र संघ अब देशैभरी सकृय हुन जरुरी रहेको बताए । उनले कुनैपनी जातिय र भाषाको चलचित्र निर्माण गर्दा कलाकर र निर्माण टिममा पनि भाषाको ज्ञान हुन जरुरी रहेको अनुभव सुनाउदै आजभोली मन मिल्ने साथीहरु भेला भयो दुई चार दिनमै स्क्रिप्ट र चलचित्र सकेर हतारमा चलचित्र निर्माण गर्दा आफ्नो जतिय संस्कार र संस्कृतिलाई राम्रो सँग चलचित्रमा प्रस्तुत गर्न नसकिएको हुँदा गहिरो अध्ययन र ज्ञान लिन जरुरी रहेको बताए । चलचित्र बिकास बोर्डले काठमाडौ बाहिर पनि आफ्नो गतिविधी बधाई रहेकोले अबका दिनहरुमा बोर्ड सँग सहकार्य गर्दै तामाङ चलचित्रकर्मीले प्रभावकारी कार्यक्रम गर्न सुझाव दिए ।

कार्यक्रमका सभापती तथा नवनिर्वाचित अध्यक्ष भिम लामाले उपस्थित सबैलाई धन्यवाद दिए । उनले तामाङ चलचित्र को बजार बिस्तार गर्नको लागी पनि कोशी प्रदेशको १४ ओटै जिल्लामा शाखा बिस्तार गर्ने गरी गृहकार्यमा लाग्ने बताए । पछील्लो समय कोशी प्रदेशमा चलचित्र गतिविधी धेरै बढीरहेकोमा अब तामाङ चलचित्रहरुले पनि कोशी प्रदेशमा आफ्नो छुट्टै छाप छोड्ने गरी काम गर्ने र आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा पुरा गर्ने प्रतिवद्दत्ता जनाए ।

  • dhankutapress

थप