Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सन्दर्भ : धनकुटामा ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

हाजिरी जवाफमा सहि उत्तर दिनेलाई ५० रुपयाँ पुरस्कार

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/जेष्ठ नागरिक जिल्ला संघ धनकुटाले ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर आइतवार सम्मान तथा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । 

जेष्ठ नागरिक संघ धनकुटाका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षता तथा विश्रान्ति मन्दिर व्यवस्थापन समितीका उपाध्यक्ष शंकर दाहालको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.३,४,५,६ र ७ का ९० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कदर पत्र र नगद १ हजार ५ प्रदान गरि सम्मान गरिएको छ । 

त्यस्तै गरी भदौ महिनामा सञ्चालित दिवा सेवा कार्यक्रममा नियमित उपस्थित हुने ५ जना जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सामाग्री समेत प्रदान गरिएको छ । यस्ता दिवा सेवाका कार्यक्रमहरुमा जेष्ठ नागरिक सम्बन्धि नियम कानुन के छ भन्ने वारे जानकारी गराउने, धार्मिक भजन गाउने, जेष्ठ नागरिकहरुको स्वास्थ्य कसरी राम्रो राख्ने भन्नेबारेमा जानकारी गराउने गरिएको छ । 

कार्यक्रमकै अवसरमा जेष्ठ नागरिक संघको आर्थिक कारोबार सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रश्नको सहि उत्तर दिने जेष्ठ नागरिकलाई पुरस्कार स्वरुप नगद रु.५० रुपया प्रदान गरिएको थियो । सो अवसरमा जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा नं ३ का अध्यक्ष झमकलाल घिमरे, नगर अध्यक्ष पृथसिंह दाहाल, संघका पूर्व जिल्ला अध्यक्ष सुदर्शन घिमिरे, सल्लाहकार सत्य नारायण श्रेष्ठ, घनाश्याम बराल लगायतले मन्तव्य राखेका थिए । 


त्यसैगरी सदस्यहरु पार्वती श्रेष्ठ, गोविन्द प्रसाद मैनाली, ईन्द्र बहादुर ढुङ्गेल, सकिला रानाले गित प्रस्तुत गरेका थिए । जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष रामवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ जिल्ला उपाध्यक्ष ईन्द्र वहादुर श्रेष्ठले राखेका थिए भने सञ्चालन जिल्ला सह–सचिव तिलक प्रसाद राईले गरेका थिए ।


  • Dhankutapress

थप