Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता र र्याली

तुलसी मेहरका डिना घिमिरे भईन प्रथम

  •   ३ वर्ष अघि | २९ भदौ २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/धनकुटामा ५९ औं बाल दिवसको अवसरमा सुक्रवार अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ विषयक वक्तृत्वकलामा धनकुटा नगरपालिका क्षेत्रका नौ विद्यालयको सहभागीता थियो । धनकुटा नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजनमा प्रतियोगिता आयोजना गरिएको शाखा प्रमुख फुलमाया तामाङले बताइन् । 

सो अवसरमा तुलसी मेहर माविका डिना घिमिरे पहिलो, बालसंसार माविका दिया बस्नेत दोस्रो, निजामती आवासीय माविका आर्शी अधिकारी तेस्रो र गोकुण्डेश्वर माविका किरण अधिकारीले चौथो स्थान प्राप्त गरे । विजेता प्रतियोगीले क्रमशः पा“च, चार, तीन र एक हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको प्रमुख आतित्थ्यतामा आयोजित प्रतियोगिताका निर्णायक डा.यज्ञप्रसाद गुरागाई, शिक्षा शाखा प्रमुख नगेन्द्रमणी श्रेष्ठ र रमेशचन्द्र अधिकारी रहेका थिए । 

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, गैरसरकारी संस्थाका अध्यक्ष मीन सुवेदी, हुसाडेक नेपालका उपाध्यक्ष कृष्णगोविन्द अधिकारी तथा केदार दाहाल लगायतले बाल दिवसबारे आफ्ना धारणा राखेका थिए । यसैगरी, बाल दिवसको अवसरमा र्याली तथा अन्तरक्र्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । 

  • Dhankutapress

थप