Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा अस्पताल स्तरोन्नति हुँदै

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/अस्पताल सञ्चालनमा आएको १ सय ११ वर्षपछि धनकुटा अस्पताल एक सय शैय्यामा स्तरोन्नति भइरहेको छ ।

वि.सं.१९७० सालमा त्रिचन्द्र अस्पतालको नाममा खुलेको थियो । तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शम्सेरको पालामा खुलेको अस्पताल दशकौंसम्म १५ शय्यामा सीमित रह्यो । पछिल्लो समय मुस्किलले २५ शय्यामा सीमित रहेको अस्पताल अब एक सय वेडमा स्तरोन्नतिको क्रममा छ । यसका लागि भ्याटबाहेक २५ करोड २० लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माणको क्रममा रहेको छ ।

प्रदेश सरकारको सहयोगमा आगामी २०८३ सालमा सम्पन्न हुने गरिसक्ने गरी धमाधम भवन निर्माणको कार्य जारी रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताए । पाँच तले सुविधा सम्पन्न भवनको निर्माण कार्य एक वर्ष अघिदेखि सुरु भएको हो ।

सरकारी मापदण्ड अनुसार एक सय शय्याको भवनमा बालरोग, स्त्री रोग, मानसिक, फिजिसिएन, हार्डजोर्नी, नाक कान घाँटी रोग विशेषज्ञ आवश्यक पर्ने जनाईएको छ । सोही अनुसारको व्यवस्थापन हुनेगरी भवनको संरचना निर्माण भएको तामाङ बताउँछन् ।

‘समयसिमा भित्रै निर्माण सम्पन्न हुनेगरी कार्य भइरहेको छ’, उनले भने, ‘क्रमागत बजेट आइरहेकोले सहज रुपमा निर्माण कार्य जारी छ ।’ भवन निर्माण सम्पन्न भएपछि आगामी दुई वर्षभित्र एक सय वेडको अस्पताल सञ्चालन हुने उनको दावी छ । यस्तै, भवन निर्माणको जिम्मा लिएको नमुना कन्स्ट्रक्सन प्रालीका रामकुमार गुरागाईले समयसीमा भित्र भवन पूर्ण रुपमा तयार पारेर जिम्मा दिने बताए । ‘हामी आगामी दुई वर्षभित्र भवन निर्माणगरि जिम्मा लगाउने छौं’ उनले भने, ‘यसमा पूर्ण रुपमा ढुक्क दिलाउन सक्छौं ।’

उक्त भवन जिल्ला अस्पतालको वाहेक कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको २५ रोपनी क्षेत्रफललाई समेटेर धनकुटा ७ मा निर्माण जारी रहेको छ । अस्पताल निर्माणका लागिप ४७ करोडको डीपीआर तयार भएको थियो ।

अस्पताल स्तरोन्नतिको आश्वासन मात्र पाउँदै आएका स्थानीयबासी पछिल्लो समयमा भने उत्साहित बनेका छन् । उनीहरुले भवन निर्माणपछि दिइने सेवा प्रवाह पाइने आशा समेत व्यक्त गरेका छन् । स्थानीय शीव श्रेष्ठले विगतमा नेताको भाषणमा सीमित बनेको स्तरोन्नतिको काम पछिल्लो समयमा भने भवन निर्माणको कार्यले केही आशा जगाएको बताए ।

स्थानीयले सामान्य बिरामी बाहेक उपचारका लागि धरान, विराटनगर लगायतका अस्पताल धाउनुपर्ने बाध्यता छ । उक्त अस्पतालले सार्थकता पाएमा पूर्वी पहाडी जिल्लामा विशेषज्ञ सेवा उपलब्ध हुने अगुवा अस्पताल बन्न सक्ने छ । जिल्ला अस्पतालमा रहेको भ्यान्टिलेटर र आइसीयू मेसिन समेत प्रयोगविहीन रुपमा थन्किएको तीन वर्ष भयो । ती स्वास्थ्य उपकरण बिग्रिने अवस्थामा पुगिसकेका छन् । उक्त स्वास्थ्य उपकरण समेत सय शय्याको अस्पतालपछि सञ्चालनमा आउन सक्ने एक स्वास्थ्यकर्मीले बताए ।

  • dhankutapress

थप