Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

‘तक्सङ माइली’ कबिता संग्रह जेफालेमा बिमोचन

  •   २ वर्ष अघि | २१ जेष्ठ २०८१, सोमवार

पञ्चमाया तामाङ 

धनकुटा/पूर्वी नेपालको लिम्बूवानी क्षेत्रमा बोलिने भाषा संस्कार संस्कृति, जीवनशैली लवज र मिथकहरुलाई समेटर तयार पारिएको श्रीमान खजुमको कविता संग्रर्र्ह ‘तक्सङ माइली’ को शनिबार एक कार्यक्रम गरी बिमोचन गरिएको छ ।

१५/२० वर्ष अघि भित्ते पत्रिका प्रकासनसंगै हवाई पत्रिका मार्फत साहित्यिक यात्रा सुरु गरेका कवि श्रीमान खजुम लिम्बूले २०७७ सालदेखि रचना गर्दै सो कविता संग्रह मोरंगको पर्यटकिय क्षेत्र जेफालेमा विमोचन गरिएको हो । आफ्नै भूगोल र परिवेश भित्र भएका घट्नालाई समेटेर तयार पारिएको ‘तक्सङ माइली’ कविता संग्रह कार्यक्रमका प्रमुख अतिथी समेत रहेका साहित्यकार मुकुन्द प्रयास, वक्ता तथा साहित्यकारहरु राज माङलाक, केजी सुब्बा, दिवा चेम्जोङ लगायतले संयुक्त रुपमा कृतिका लोकार्पण गरे ।

पछिल्लो समय साहित्यिक कार्यक्रमको हव बन्दै गइरहेको मोरङको पर्यटकिय क्षेत्र जेफालेमा बिमोचन भएको सो कृति पूर्बिय साहित्यमा नयाँ आयामको रुपमा काम गर्ने बताए । समालोचक केजी सूब्बाले तक्सङ माइली कविता संग्रह पहिचानका लागि सशक्त आन्दोलनको एउटा रुप भएको बताए । कतिपय नश्लिय चिन्तनवादी साहित्यकारहरुले तक्सङ माइलीलाई कविता संग्रहको रुपमा स्वीकार नगर्लान तर यो पूर्बीय साहित्यको लागि नविन आयाम हो उनले भने, गाउँले परिवेशमा हुर्किएकी तक्सङ बस्तीकी तक्संङ माइली र गैरी गाउँको टाँकीबुङे जेठा विच भएको वियोगान्त प्रेम कहानीलाई कविता मार्फत उतार्ने प्रयास गरिएकोछ ।

त्यसैगरी अर्का वक्ता एब साहित्यकार राज माङलाकले तक्संग माइली उत्तरीवर्ती सोचसंगै नेपाली साहित्यको लागि नौलो आयाम रहेको बताउदै यसले स्थानीय परिवेश, भूगोल र भाषा संस्कृतिलाई समेटेको बताए ।

नेपाली साहित्यमा टिपिकल भाषा, संस्कार र लवजहरु मार्फत पनि नयाँ आयाम दिन सकिन्छ भन्ने ध्येयका साथ याक्थुम्बाहरुले प्रयोग गर्ने भाषा, संस्कार, संस्कृति, मुन्धुम संगै कृतिमा पात्रहरुले स्थानीय हाटबजार मेला पर्वमा घुमेका डुलेका स्मरणीय घट्नाहरुलाई समेटर प्रेम कहानीका रुपमा प्रस्तुत गरेकाले पनि कृति राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।


कविता संग्रहमा विभिन्न मेरो वाल्यकाल, तक्संग माइलीसंग चिनजान, अन्तिम चिठी, कोक्मा अन्तरीसंग विवाह, टाँकीको रुख, सौर्य बजारको साँघुरो बाटोमा जस्ता २३ ओटा कविता समावेश गरिएको छ । याक्थुम लेखक संघ धनकुटाको आयोजनामा भएको सो लोकार्पण कार्यक्रम संघका अध्यक्ष कविन तुम्बापोको सभापतित्व र मुकुन्द प्रयासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कृतिको लोर्कापणसंगै जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी, केराबारी २ का वडाध्यक्ष प्रेम लिम्बूले शुभकामना व्यक्त गरेका थिए । कृति विमोचन कार्यक्रममा चौविसे गाउँपालिका ४ का वडाध्यक्ष लोकेन्द्र मगर, वडा नं. ८ का वडाध्यक्ष धनवहादुर लिम्बू लगायत धनकुटा पाँचथर, मोरग लगायत विभिन्न ठाउँबाट साहित्यिक स्रष्टाहरु जनप्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

  • dhankutapress

थप