Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

६ करोडमा निर्माण गरिएको निजामति आवशिय विद्यालयको भवन उद्धघाटन

  •   ५ वर्ष अघि | १५ चैत्र २०७८, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं।–७ स्थीत चुलिवनमा हालै निर्माण कार्य सम्पन्न गरिएको निजामती आवशिय विद्यालयको नवनिर्मित भवनको सोमवार समुद्धघाटन गरिएको छ । 

६ करोड, १८ लाख, ४५ हजार, ४ सय ११ रुपयाँ लागतमा विद्यालयको ३ तले भवन निर्माण गरीएको हो । भवनको आईतबार प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले एक समारोहको विच समुद्धघाटन गरे ।कार्यक्रमका प्रमुख अतिथि राईले निजामती विद्यालय नेपालको २ स्थानमा रहेको वताए । उनले डोटी र धनकुटामा रहेको बताउदै निजामती आवशिय विद्यालय विशेष गरेर निजामती कर्मचारीहरुको छोराछोरीहरुलाई पठनपाठनको लागी मध्यनजर गरेर स्थापना गरिएको बताए । सो अवसरमा उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र युवराज खतिवडा अर्थ मन्त्री हुदाँ आफुले बजेट ल्याउन पहल गरेको बताए । उनले निजामती आवशिय विद्यालयमा निजामती कर्मचारी वाहेकका अभिभावकहरुले पनि आफ्नो नानीहरु पठनपाठन गर्न पाउनु पर्नेमा जोड दिए । 


सो अवसरमा प्रमुख अतिथि राजेन्द्रकुमार राई र उनका स्वकीय सचिव महेन्द्र गिरीलाई नवनिर्मित भवन निर्माण गर्नको लागी विशेष पहल गरेको भन्दै सम्मान गरीएको थियो । सम्मानित हुनेलाई निजामती आवासिय विद्यालयका प्रिन्सिपल सुरेश काफ्ले र प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्रमाण पत्र दोसल्ला र अविर लगाए सम्मान गरेका थिए । विद्यालयका प्रिन्सिपल काफ्लेका अनुसार नेपाल ट्रस्टको जम्मा १ सय ३४ रोपनी क्षेत्रफल जग्गामा निजमती आवशिय विद्यालय रहेको छ । विद्यलायले जग्गा उपयोग गरेवापत बार्षिक २ लाख भाडा नेपाल ट्रष्टलाई वुझाउँदै आएको छ । द्धिपक्षिय सम्झौता गरेर संचालन गरीएको विद्यालयको नव निर्मित भवनमा १६ वटा कक्षा कोठा, १ वटा स्टाफ रुम, १ वटा मिटिङ हल, २ वटा हल र अन्य २ वटा कोठा गरी जम्मा २२ वटा कोठाहरु रहेका छन् । कक्षा ५ देखी १० कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयको ठूला साना गरी जम्मा ७ वटा भवन रहेका छन् । 


साथै विद्यालयमा विद्यार्थिहरुलाई पर्याप्त शौचालयको व्यवस्था तथा युरो गार्ड मार्फत शुद्ध र सफा पिउने पानीको व्यवस्था मिलाइएको प्रिन्सिपल काफ्लेले बताए । विद्यालयमा शिक्षक र कर्मचारी गरी जम्मा २२ जना कर्मचारीहरु रहेका ।  हाल २ सय भन्दा वढी विद्यार्थीहरु यस विद्यालयमा अध्ययनरत रहेका र आगामी दिनमा कक्षा ११/१२ मा पनि संचालन गर्ने योजना समेत रहेको प्रिन्सिपल सुरेश काफ्लेले जानकारी दिए । विद्यालयमा अध्ययन गर्नको लागी नियम अनुसार ७० प्रतिसत निजामती र ३० प्रतिसत पब्लिकका बालबालिकाहरु अध्ययन गर्न पाउने भए पनि हाल ५०/५० प्रतिसत अध्ययन गरिरहेका छन् । निजामतीबाट मात्र कोटा पुरा नभए पब्लिकबाट लिएर कोटा पुरा गरिदै आएको पनि प्रिन्सिपल काफ्लेले बताए ।


कार्यक्रममा एमाले धनकुटाका अध्यक्ष एवम् प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, गोकुण्डेश्वर माविका प्र.अ. दामोदर मिश्र, शिक्षा विकाश विकास तथा सम्न्वय ईकाई धनकुटाका निमिक्त प्रमुख देवीप्रशाद सुवेदी, अभिभावकहरुको तर्फबाट ब्लाष्टका पत्रकार एवं अभिभावक सन्तवीर लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विद्यलायको विभिन्न कक्षामा अध्ययनरत छात्रछात्राहरुले साँस्कृतिक नृत्य समेत प्रश्तुत् गरेका थिए । 



  • dhankutapress

थप