Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सहिद भीमनारायण श्रेष्ठ गोल्डकपको सम्पूर्ण तयारी पुरा

वैसाख–२३ देखी २९ सम्म संचालन हुने

  •   २ वर्ष अघि | २२ बैशाख २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/पूर्वी पहाडकै प्रतिष्ठित फुटबल प्रतियोगिता सहिद भीमनारायण गोल्डकपको १६ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । 

शुक्रबार आयोजक शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरेर आइतबारदेखि सुरु हुने प्रतियोगितामा ए डिभिजनका सहित ८ टिम सहभागी हुने जानकारी दिएको छ । यहि बैशाख २३ गतेदेखि २९ गतेसम्म तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा ‘ए’ डिभिजनका सहित विभागीय टिम पनि सहभागी हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौँ र विर्तामोड युनाइटेड क्लब झापा सहभागि हुने छन्। यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सल्हेस युथ क्लब सिराहा सहभागी हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यो पटक दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ सहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन । यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेछन् । २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरिसकेको छ ।


  • Dhankutapress

थप