धनकुटा प्रेस सम्वाददाता
धनकुटा/सदिभूमि गाउँपालिका वडा नं.४ मा रहेको पञ्चकृष्ण माविमा पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा सहिदभूमि गाउँपालिका वडा नं.४ को पञ्चकृष्ण मावि प्रथम भएको छ । उसले १३ स्वर्ण, ५ रजत, ८ काश्य गरी जम्मा २६ वटा पदक जितेर पालिकाभरीबाट प्रथम भएको हो । त्यसैगरी आदर्श मावि सहिदभूमि–१ सफाईधाप छनौट प्रतियोगितामा दोश्रो स्थान हात पार्र्र्न सफल भएको छ । उस्ले ७ स्वर्ण, ७ रजत र ९ काश्य गरी २३ वटा पदम जित्न सफल भएको छ । त्यसैगरी ठाकुरदेवी मावि सहिदभूमि–६ ले छनौट प्रतियोगितामा तेश्रो भएको छ । उस्ले स्वर्ण २, रजत ६ र काश्य ४ गरी जम्मा १२ वटा पदक जित्न सफल भएको सहिदभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनोज पौडेलले जानकारी दिएका छन् ।
त्यसैगरी अन्य प्रतियोगिता अन्तर्गत सटफुटमा कन्यादेवी माविले छात्रातर्फ स्वर्ण जित्न सफल भएका छन् । सोही प्रतियोगितामा आदर्श मावि सफाईधाप रजत पदक जितेर द्धितिय भएका छन् भने छिन्ताङ्ग माविले काश्य पदक जितेर तृतिय भएका छन् । त्यसैगरी छात्र तर्फ सटफुट प्रतियोगितामा ठाकुदेवी मावि स्वर्ण पदक जितेर प्रथम, पञ्चकृष्ण मावि रजत पदक जितेर द्धितिय र आदर्श मावि काश्य पदक जितेर तृतिय भएका छन् । उता ३ हजार मिटर दौडमा छात्रतर्फ आदर्श मावि, स्वर्ण, पञ्चकृष्ण मावि रजत र अनिवार्य निःशुल्क माविले काश्य पदक हात पारेका छन् ।
भलिबल प्रतियोगितामा छात्र तर्फ कन्या देवी मावि स्वर्ण, पञ्चकृष्ण मावि रजत र ठाकुरदेवी माविले काश्य पदक हात पारेका छन् । छात्रा तर्फ भलिबल प्रतियोगितामा पञ्चकृष्ण मावि स्वर्ण, अनिवार्य निःशुल्क मावि रजत र जीवन सुधालय माविले काश्य पदक जितेका छन् । त्यसैगरी कबडी प्रतियोगितामा छात्र तर्फ पञ्चकृष्ण मावि स्वर्ण, ठाकुरदेवी मावि रजत र छात्रा तर्फ पञ्चकृष्ण मावि स्वर्ण र आदर्श मावि सफाई रजत पदक जित्न सफल भएका छन् । भलिबल प्रतियोगितामा छात्रा तर्फ पञ्चकृष्ण माविका आस्था राई र छात्र तर्फ कन्यादेवी माविका सञ्जेल राई उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।
सहिदभूमि गाउँपालिकाले प्रायोजन गरेको राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा १५ विद्यालयका छात्र, छात्रा तर्फ भलिबल, कबडी, एथ्लेटिक्स विधामा गरी जम्मा ३० वटा खेलमा प्रतिष्पर्धा गरेका थिए । चार दिनसम्म संचालन भएको प्रतियोगिता सहिदभूमि गाउँपालिका वडा नं.४ मा रहेको पञ्चकृष्ण माध्यामिक विद्यालयको आयोजनामा सम्पन्न भएको थियो । पञ्चकृष्ण माविका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बलेन्द्र राईको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकिय अधिकृत सूर्य भण्डारी लगायतले विजयी विद्यालयका छात्र–छात्राहरुलाई मेडल, प्रमाणपत्र वितरण गरिएको प्रधानाध्यापक सम्शेरमान राईले जानकारी दिए ।
- dhankutapress