Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

पाँचौं प्रकाश थापा स्मृति अन्तरपालिका भलिबल प्रतियोगिता सुरु

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/पाँचौ संस्करणको अन्तरपालिका स्तरीय सहिद प्रकाश थापा स्मृति भलिबल प्रतियोगिता धनकुटाको शहिदभूमि गाउँपालिका वडा १ घंगरुमा बुधबार देखी सुरु भएको छ ।प्रतियोगिता कर्तव्य पालनको क्रममा शाहदत प्राप्त गरेका प्रहरी नायव निरीक्षक प्रकाश थापाको स्मृतिमा सञ्चालन भएको हो । थापाको कालिकोट जिल्लाको कोटवडा स्थित् कुमाल गाउँमा २०५७ साल मंसिर १४ गते द्वन्द्वमा परि निधन भएको थियो। थापालाई सरकारले २०७४ सालमा सहिद घोषणा गरेको थियो। प्रतियोगीताका विजेतालाई १ लाख २१ हजार रुपैयाँ ट्रफि मेडल प्रमाणपत्र र उपविजेतालाई नगद ६५ हजार ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने छ ।प्रतियोगितामा आयोजक टीम सहित हतुवागढी गाउँपालिका भोजपुर, षडानन्द नगरपालिका भोजपुर, बेलबारी नगरपालिका मोरङ, साँगुरीगढी गाउँपालिका धनकुटा र छथर जोरपाटी गाउँपालिका धनकुटा गरि ६ टिम सहभागी रहेको आयोजक सहिद प्रकाश थापा स्मृति ट्रष्टका संरक्षक अर्जुन थापाले बताए । उनका अनुसार प्रतियोगिताको फाइनल खेल र समापन चैत्र १६ गते हुनेछ ।

प्रकाश थापा स्मृति भलिबल धनकुटा जिल्लामा सञ्चालित भलिबलको सबैभन्दा ठुलो पुरस्कार राशि भएको प्रतियोगिता हो । प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता सोमवार एक समारोहका बिच प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन खेल आयोजक टीम घंगारु सहिदभूमि र साँगुरीगढी  गाउँपालिका बिच सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले साँगुरीगढीलाई हराएको छ। आयोजक टीमले साँगुरीगढीलाई १८–२५, २५–१५, २५–२० र २६–२४ को सेटमा हराएको आयोजकले जनाएको छ। प्रतियोगिता अन्तरगत बिहीबार ३ खेल हुने आयोजकले जनाएको छ।प्रतियोगिताको उद्धघाटन सत्रमा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहिद प्कास थापा स्मृति प्रतिष्ठानका अध्यक्ष दिलवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


  • dhankutapress

थप