Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

जिल्ला स्तरिय एन्फा यु–१४ अन्तर विद्यालय धनकुटा नगरको छात्र–छात्रा फुटबल प्रतियोगितामा निजामती बिजयी

  •   ११ महिना अघि | ७ मंसिर २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/जिल्ला स्तरिय एन्फा यु–१४ अन्तर विद्यालय धनकुटा नगरको छात्र–छात्रा फुटबल प्रतियोगिताको दुवै खेलमा निजामती आवशिय विद्यालय धनकुटा–७ ले बिजयी हात पारेको छ । 

धनकुटा जिल्ला फुटबल संघको आयोजनामा शुक्रवार सम्पन्न भएको छात्र–छात्रा फुटबल प्रतियोगितामा छात्रा तर्फ निजामती आवशिय विद्यालय धनकुटा–७ ले माथिल्लो गोकुण्डेश्वर माविलाई ०–१ (सुन्यको विरुद्ध एक गोल) गरेर विजयी भएको हो । त्यसैगरी छात्र तर्फ पनि निजामती आवशिय विद्यालय धनकुटा–७ ले बालसंसार आविशिय माविलाई ०–४ (सुन्यको विरुद्ध चार गोल) गरेर विजयी भएका हुन् । विजेता निजामती आवशिय मावि धनकुटा–७ का खेलाडीहरु /

प्रतियोगिता आयोजक संस्था धनकुटा फुटबल संघले विजेता तथा उपविजेता टिमका छात्र–छात्रा खेलाडीहरुलाई मेडल तथा प्रतियोगितामा सहभागी विद्यालयहरुलाई मायाको चिनो प्रदान गरेको थियो । धनकुटा फुटबल संघका संस्थापक सम्भू प्रदानले संचालन गर्नु भएको प्रतियोगितामा संघका बर्तमान अध्यक्ष मणी चेमजोङ्ग, धनकुटा–५ का वडा सदस्य गोविन्द राई लगायतले मायाको चिनो तथा मेडल प्रदान गरेका थिए । प्रतियोगितामा छात्र तर्फ ८ र छात्रा तर्फ ६ वटा विद्यालयले भाग लिएका थिए । विजेता निजामती आवशिय मावि धनकुटा–७ का खेलाडीहरु /

नेपाली फुटबलका स्टार खेलाडीहरु अनुपम घलान तामाङ, आदित्य बलम्पाखी, दिवश बाँनियाँ, प्रियन्स आचार्य, बिकल रेग्मी र साईमन योन्जन तामाङको स्मृतिमा देशव्यापी रुपमा अखिल नेपाल फुटबल संघद्धारा आयोजित प्रतियोगिता ४९ जिल्लामा संचालन भइरहेको संघका धनकुटा अध्यक्ष मणी चेम्जोङ्गले बताए । उनले धनकुटाको सातै पालिकामा रहेका माध्यामिक विद्यालयहरु विच संचालन गरिएको छात्र–छात्रा फुटबल प्रतियोगितामा विजयी टिम विच (सनिबार) आज देखी अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल हुने बताए । प्रतियोगिता सोमवारसम्म संचालन हुनेछ ।   उप विजेता बाल संसार आविशय माविका खेलाडीहरु /उप विजेता गोकुण्डेश्वर मावि धनकुटा–६ का खेलाडीहरु /

  • dhankutapress

थप