Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा जारी भीमनारायण गोल्डकप : नमोबुद्ध युथ क्लब सप्तरी फाइनलमा

अघिल्लो वर्षको डिफेन्डिङ च्याम्पियन झापालाई सप्तरीले घुँडा टेकायो

  •   २ वर्ष अघि | २० चैत्र २०८१, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा जारी १७ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा नमोबुद्ध युथ फुटबल क्लब सप्तरी फाइनलमा प्रवेश गरेको छ । 

धनकुटाको तल्लो टुँडिखेलमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा साविक विजेता डिफेन्डिङ्ग च्याम्पियन बिर्तामोड युनाइटेड क्लब झापालाई ३–१ को फराकिलो गोल अन्तरले हराउँदै नमोबुद्ध युथ क्लव सप्तरी उपाधि नजिक पुगेको हो । खेलको १४ औं मिनेटमा नमोबुद्धका मोहित गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

त्यसपछि खेलको २० औं र ९० औँ मिनेटमा नमोबुद्धका सिर्जनराज गौतमले गोल गरे भने खेलको २६ औं मिनेटमा विर्तामोड युनाईटेड फुटबल क्लबका जर्सी नं.७ का गिल्सल कन्दङ्वाले सान्त्वना गोल गरे । खेलमा नमोबुद्धका सिर्जनराज गौतम म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार ५ हात पारे ।विर्तामोडले पटकपटक गोल गर्ने मौका गुमाउँदा पराजित हुन पुग्यो । नमोबुद्धले उपाधिका लागि शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल शुक्रबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाण्डौँ र गाईघाट फुटबल क्लब उदयपुरबीच हुनेछ ।

दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।वि.सं.२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि वि.संं.२०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ । शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो। सरकारले श्रेष्ठलाई २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

  • dhankutapress

थप