धनकुटा प्रेस सम्वाददाता
धनकुटा/ धनकुटामा जारी शहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगितामा गाइघाट फुटबल क्लब उदयपुर सेमि फाईनलमा प्रवेश गरेको छ ।
सोमवार धनकुटाको तल्लो टुँडिखेलमा भएको खेप्रतियोगितामा ब्वाइज फुटबल क्लब सुनसरीलाई ०–१ गोल अन्तरले पराजित गर्दै गाइघाट फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको १६ औं मिनेटमा गाइघाट फुटबल क्लबका जर्सि नम्बर १० का खेलाडी फोफानाले १ गोल गरी खेलमा अग्रता दिलाएका थिए । यस्तै ब्वाइज फुटबल क्लब सुनसरीले दोस्रो हाफपछि खेल आफनो नियन्त्रणमा राखे पनि कुनै गोल गर्न भने सकेन । ब्वाइज फुटबल क्लब सुनसरीको दर्जनौ प्रहार गाइघाट फुटबल क्लबका गोलरक्षक अनिल मगरले रोकेका थिए ।
खेलको म्यान अफ द म्याच विजेता गाईघाट फुटबल क्लवका किपर अनिल मगर घोषीत भए । भोलि काठमाडौको चित्लाङ्ग फुटवल क्लब र गतबर्ष विजेता झापाको विर्तामोड युनाईटेड क्लब बीच प्रतिशपर्धा हुने आयोजकले जानएको छ । २०५५ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्डकपको यो १७ औं संस्करण हो । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपौयाँ र उप विजेताले २ लाख ५० हजार रुपौयाँ पाउने छन् । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता छ ।
- dhankutapress