Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको राजारानीमा रारा रनिङ्ग गोल्डकप फुटबल प्रतियोगिता हुने

  •   १ वर्ष अघि | २५ बैशाख २०८२, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको राजारानीमा जिल्लाकै प्रतिष्ठित रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सात लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता धनकुटाको रारा फुटबल क्लब चैविसेले आयोजना गर्न लागेको हो । आउँदो वैशाख २९ गतेबाट जेठ ३ गतेसम्म सञ्चालन हुने १२ औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछ्न् । चौविसे गाउँपालिका वडा नं.६ स्थित् राजारानीमा रहेको स्थानीय पुण्य माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सहलेस फुटबल क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड, बागमती युथ क्लब सर्लाही, गोल्डेन स्टार सुनसरी, एलएक्स सिटी मोरङ, बिर्तामोड युनाइटेड क्लव र डाँडाबजार फुटबल क्लबले प्रतिस्पर्धा गर्ने रारा फुटवल क्लवका अध्यक्ष मणी चेम्जोङ्गले बताए । प्रतियोगिताको विजयी टिमले ७ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, उपविजेता टिमले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछ । यसैगरि, प्रत्येक खेलमा विधागत र म्यान अफ दी म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि ४२ लाख रुपैयाँ खर्च लाग्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ।रारा फुटवल क्लव चौविसे राजारानीका अध्यक्ष मणी चेम्जोङ्गको अध्यक्षतामा सम्पन्न १२ औं संस्करणको रारा रनिङ्ग गोल्डकप फुटवल प्रतियोगिताको वारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल सरकार पूर्वमन्त्रि रकम चेम्जोङ्ग, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्ग, चौविसे गाउँपालिका वडा नं.६ का वडाध्यक्ष आशिष चेम्जोङ्ग, समाजसेवी दिवा चेम्जोङ्ग, राष्ट्रिय खेलाडी वुद्ध चेम्जोङ्ग, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी अग्नी वशुन्धरा प्रतिष्ठानका संरक्षकहरु देवीरत्न चेम्जोङ्ग र मणरत्न चेम्जोङ्गको पनि सो अवसरमा उपस्थिति रहेको थियो । 


  • dhankutapress

थप